प्रधानमन्त्री कार्की मुगुमा
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की मुगु पुगेकी छन् । बिहीबार बिहानै उनी काठमाडौंबाट सिधै मुगु पुगेकी हुन् ।
प्रधानमन्त्री मुगु आएको भए पनि कार्यतालिका भने जानकारी नगराइएको मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिए ।
यद्यपि राराताल अवलोकन तथा जिल्लाका सुरक्षा निकायसँग भेटघाट तथा छलफल हुनसक्ने अनुमान गरिएको छ ।
