क्याफेमा २० हजार घुस लिँदै गर्दा मालिगाउँ वृत्तका सई पक्राउ

काठमाडौं । २० हजार घुससहित प्रहरी वृत्त मालिगाउँ वृत्तका प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३५ वर्षीय सई दिनेश राउत छन्। उनले बैंकिङ कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाईदिन सहजीकरण गरिदिने भन्दै २० हजार घुस लिएको आरोप छ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो। गहनापोखरीस्थित ग्रिन स्टार क्याफेबाट २० हजार घुससहित उनी ५ बजे रंगेहात पक्राउ परेका हुन्।