काठमाडौंका पूर्व सीडीओ हाजिरी जमानीमा छाड्न निर्णय
काठमाडौं । आजै बिहान पक्राउ परेका काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल हाजिरी जमानीमा रिहा हुने भएका छन्।
अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई सुविधानगरबाट पक्राउ गरेको थियो। उनी जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ थिए।
रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाही सिफारिस गरेको थियो। तर, उनलाई हाजिरी जमानीमा छाड्न निर्णय भएको हो।
