बजेटका सिद्धान्त तथा प्राथमिकता बिहीबार सार्वजनिक हुने

काठमाडौं । बिहीबार बस्ने संसद बैठकमा आगामी बजेटको सिद्धान्त तथा प्राथमिकता पेश हुने भएको छ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज अर्थ समितिमा यसबारे जानकारी गराएका हुन्। उनले सो सिद्धान्त तथा प्राथमिकतामा सांसदहरुले दिने सुझावलाई अर्थ मन्त्रालयले बजेटमा समावेश गर्ने समेत जानकारी दिए।
सरकारले ल्याएको नीति तथा कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्रसँग धेरैजसो सम्बन्धित रहेको उनले बताए । उनले अर्थ मन्त्रालयमा बजेट माग्न सांसदहरू आउने क्रम भने जारी रहेको उल्लेख गरे। नयाँ सरकार बन्नु भन्दा अगाडि नै सिलिङ पठाइसकेका कारण अहिले ‘स्पेस’ कम रहेको उनले बताए ।
ऐन अनुसार बजेट सार्वजनिक हुनु भन्दा १५ दिन अगाडि नै बजेटका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गर्नुपर्ने प्रावधान छ ।
