वडाध्यक्ष कुट्ने पत्रकार कुँवर पक्राउ
काठमाडौं । भीमदत्त नगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष रविन्द्र देवकोटालाई सार्वजनिक कार्यक्रममा गएर कुट्ने पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन् । उनलाई सोमबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कन्न्चनपुरका सूचना अधिकारी डीएसपी टेकबहादुर रावलले जानकारी दिएका छन् ।
उनले कञ्चनपुरको महेन्द्रनगरस्थित स्वीट ड्रीम होटलमा सञ्चालन भइरहेको लागूऔषधसम्बन्धी प्रशिक्षण कार्यक्रममा गएर वडाध्यक्ष देवकोटालाई दुव्र्यवहार गर्दै कुटपिट गरेकी थिइन् ।
देवकोटाको जाहेरीले अभद्र व्यवहारको मुद्दामा कुँवरलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको डीएसपी रावलले जानकारी दिए । पत्रकार आचारसंहिताबिपरीत कुटपिट गर्ने कुँवरलाई पत्रकार महासंघले तत्काल कारबाही गर्नुपर्ने माग पनि सामाजिक संजालमा भइरहेको छ ।
