प्रेमिकासँग विवाह गराइदेऊ भन्दै युवक चढे टेलिकमको टावर

सांकेतिक तस्वीर

काठमाडौं। सर्लाहीमा प्रेमिकासँग विवाह गराइदिन माग गर्दै एक युवक नेपाल टेलिकमको टावरमा चढेका छन्। आइतबार बिहान ५:४५ बजे २५ वर्षीय युवक मलंगवामा रहेको नेपाल टेलिकमको टावरमा चढेका हुन्।

गोडैता नगरपालिका-९ का उनले आफ्नी प्रेमिकासँग विवाह गराइदिन माग गर्दै टावर चढेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका इन्स्पेक्टर गणेश पाण्डेले जानकारी दिए।

ती युवकको नाम प्रहरीले गोप्य राखेको छ।प्रहरीले सम्झाइबुझाइ ती युवकलाई साढे ८ बजेतिर टावरबाट झारेको हो। अहिले उनलाई उपचारका लागि अस्पताल तर्फ लगिएको छ।