बैंकिङ कसुर मुद्दामा व्यवसायी शङ्कर अग्रवाल पक्राउ
काठमाडौं।ङ्कर ग्रुपका अध्यक्ष शङ्करलाल अग्रवाल बैंकिङ कसुर मुद्दामा पक्राउ पर्नुभएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौं महानगरपालिका–३० डिल्लीबजारबाट आज अग्रवाललाई पक्राउ गरेको हो ।
अग्रवालविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ । उहाँलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको सीआईबीका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले बताउनुभयो ।
