कुवेत पठाउने भन्दै ६ लाख बढी ठगी गर्ने महरा पक्राउ

काठमाडौं। कुवेत पठाउने भन्दै ६ लाख बढी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धनुषा घर भई हाल काठमाडौँ सिनामंगल बस्ने ४१ वर्षीय राज कुमार महरालाई प्रहरीले पक्राउ गरेको हो ।

उनले वैदेशिक रोजगारीका लागि कुवेत पठाउने भन्दै एक जनाबाट ६ लाख १४ हजार २ सय ५० रुपैयाँ ठगी गरेका थिए ।

विदेश पठाउने भन्दै पैसा लिएर लामो समयसम्म विदेश नपठाई झुक्यानमा राखेर सम्पर्कविहीन भएको भन्दै पीडितले उजुरी दिएका थिए । सोहि उजुरीका आधारमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।