बाल मन्दिर जग्गा प्रकरणमा एक जना पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं। नक्सालस्थित बालमन्दिरको जग्गा सस्तो दरमा भाडा दिएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाल संगठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ रहेका छन्। श्रेष्ठलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ परेको हो।

सीआईबीका एक अनुसन्धान अधिकारीका अनुसार श्रेष्ठलाई शुक्रबार काठमाडौँबाटै पक्राउ गरिएको हो।

बाल मन्दिरको जग्गा भाडा प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको एक महिनापछि एक जना श्रेष्ठलाई सीआईबीले पक्राउ गरेको हो। यो प्रकरणमा २७ वैशाखमा २० जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।