त्रिचन्द्रमा विद्यार्थी आन्दोलन चर्किँदै: अध्यक्ष शाहीले भने “हाम्रो आवाज होइन, समस्या हटाउ”
काठमाडौं। त्रिचन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले आफ्ना माग सम्बोधन गर्न सरकार र कलेज प्रशासनसँग संवादको माग गर्दै शान्तिपूर्ण आन्दोलन जारी राखेका छन्। विद्यार्थीहरूले आफ्नो आवाज दबाउने प्रयास नगरी समस्या सुन्ने र समाधान गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। त्रिचन्द्रमा जारी विद्यार्थी आन्दोलनका बीच नेपाल विद्यार्थी संघ (नेविसंघ) क्याम्पस इकाईका अध्यक्ष अमृत शाहीले सरकार र प्रशासनप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
विद्यार्थी नेता शाहीले वर्तमान आन्दोलनलाई केवल क्याम्पसस्तरको असन्तुष्टि नभई समग्र शिक्षा प्रणाली, शुल्क संरचना, पूर्वाधार अभाव र प्रशासनिक व्यवहारसँग प्रत्यक्ष रूपमा जोडिएका छन्। हामीले शान्तिपूर्ण तरिकाले आन्दोलन सुरु गरेका हौं। आजको युगमा संवाद नै सबैभन्दा प्रभावकारी उपाय हो। तर, विद्यार्थीका जायज माग बेवास्ता गरिनु दुर्भाग्यपूर्ण छ,उनले भने। यस्ता मुद्दामा गम्भीर बहस र सुधारको आवश्यकता रहेको शाहीले बताए।
उनका अनुसार विद्यार्थीहरूको आवाज दबाउने कुनै पनि प्रयासले समस्याकाे समाधान नभइ झन् जटिल बनाउने बताए। “विद्यार्थीलाई दबाउने होइन, उनीहरूका समस्या समाधान गर्ने जिम्मेवारी सरकार र सम्बन्धित निकायको भएकाे शाहीले स्पष्ट पारे।
आन्दोलनरत विद्यार्थीहरूले शान्तिपूर्ण रूपमा आफ्नो आन्दोलन सुरु गरिएको उल्लेख गर्दै आजको परिवेशमा संवाद नै सबैभन्दा प्रभावकारी उपाय भएको जिकिर गरेका छन्। उनीहरूले सरकार तथा कलेज प्रशासनले मागलाई बेवास्ता नगरी खुला छलफल, पारदर्शिता र ठोस सुधारका कदम चाल्नुपर्ने बताएका छन्।
विद्यार्थीहरूले चेतावनी दिँदै भनेका छन् कि आवाज दबाउने प्रयासले अन्यायलाई मात्र बलियो बनाउनेछ। “हामी चुप बस्ने छैनौं, किनकि हाम्रो संघर्ष व्यक्तिगत नभई समग्र शिक्षा प्रणालीको गरिमा र भविष्यसँग जोडिएको छ,उनीहरूले भने।
साथै, आन्दोलनरत पक्षले आफूहरू शान्तिपूर्ण रूपमा अघि बढिरहेको जनाउँदै आफ्नो सहनशीलतालाई कमजोरीका रूपमा नलिन आग्रह गरेका छन्। उनीहरूले सम्मान, सुरक्षा र न्याय आफ्नो मौलिक अधिकार भएको र यसमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन्।
विद्यार्थीहरूले सरकार र सम्बन्धित निकायलाई स्पष्ट सन्देश दिँदै समस्या समाधान गर्नु राज्यको दायित्व भएको उल्लेख गरेका छन्। उनीहरूले चेतावनी दिँदै भनेका छन् कि यदि मागहरू बेवास्ता गरिए कुनै समय ठूलाे समस्या आउन सक्ने बताएका छन्।
यसैबीच, विद्यार्थीहरूले अबको निर्णय सरकारकै हातमा रहेको उल्लेख गर्दै “दमन कि संवाद, अन्याय कि समाधान” भन्ने प्रश्न अघि सारेका छन्।
