मोदीको शपथमा प्रधानमन्त्रीसँग यी जाँदैछन् भारत

फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि भारत भ्रमणमा जाँदैछन्। उनी भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार भारतको नयाँ दिल्ली जान लागेका हुन्।

उनको भात भ्रमण शुक्रबार बसेको मन्त्रिपरिषद बैठक स्वीकृत गरिसकेको छ। प्रधानमन्त्रीसँगै भारत भ्रमणमा जाने भ्रमण टोलीको पनि टुंगो लागेको छ।

भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्ड, कानून मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री स्वकीय सचिव गंगा दाहाल र परराष्ट्र मन्त्रालयका शिस्टाचार महापाल बिष्णु प्रसाद गौतम रहेका छन्।

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्डलाई शपथ ग्रहणमा सहभागी हुन आमत्रण गरेका थिए।