रुपचन्द्र बिष्टको योगदानमा आधारित चलचित्र बन्दै

थाहा अभियान्ता तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र ‘रुदानेः विद्रोहको नेपाली नाम’ नामक चलधित्र बन्ने भएको छ । चलचित्र ‘रुदानेः विद्रोहको नेपाली नाम’ फष्टलुक सार्वजनिक गरिएको छ ।

विष्टको १८ औं स्मृति दिवसको अवसर पारेर चलचित्र निर्माण युनिटले बुधबार चलचित्रको फष्टलुक सार्वजनिक गरेको हो ।

रुपचन्द्रको सिङगो जीवन र थाहादर्शनका महत्वपुर्ण पाटाहरु समेटेर चलचित्र निर्माण भएको हो । अमित किशोर सुवेदी र विकास ढकालको संयुक्त लेखन निर्देशन रहेको चलचित्र दावनल क्रियसनले थाहायात्रासँगको सहकार्यमा निर्माण गरेको हो । यसका निमार्ता जागृत रायमाझी हुन् ।

चलचित्रमा रुपचन्द्र विष्टको भूमिका अभिनेता दिव्यदेवले निर्वाह गरेका छन् ।

नम्रता श्रेष्ठ, रवि गिरी, सुभाष गजुरेल, अमर सुवेदी लगायतका सयभन्दा बढि कलाकारको चलचित्रमा अभिनय रहेको छ ।

बलिउडका छायाँकार शान्ता राओको छायाँकन, निमेष श्रेष्ठको सम्पादन र जेशन कुँवरको संगीत रहेको चलचित्रको कथा निर्देशकद्वयले नै तयार पारेका हुन् ।

चलचित्र यही वर्ष २०७४ को अन्त्यमा प्रदर्शन हुने निर्माण पक्षले बताएको छ ।