अवरुद्ध महाकाली राजमार्ग सञ्चालनमा

           सांकेतिक तस्वीर

 

 बैतडी, भदौ ३ । शनिबार बिहानदेखि अवरुद्ध महाकाली राजमार्ग पुनः सञ्चालनमा आएको छ । लगातारको वर्षाले बैतडीको गोकुलेश्वर–दार्चुला सडकखण्ड अन्तर्गत महाकाली नगरपालिका–७ काकडा खोलाले सडक कटान गर्दा तथा खोलामा पानीको सतह बढी हुँदा शुक्रवार बिहानवाट राजमार्ग अवरुद्ध भएको थियो ।

 

अवरुद्ध राजमार्ग जेसिबी तथा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको सहयोगमा आईतवार मध्यान्हदेखि सुचारु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता , प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए ।

 

‘लामो प्रयासपछि राजमार्ग सुचारु भएको छ । उनले भने, ‘अस्थाई रुपमा सडक सुचारु भएपनि बर्षा हुँदा पुनः राजमार्ग हुने सम्भावना छ ।

 

काकडा खोलामा पुल नहुँदा समस्या निम्त्याएको प्रहरीले जनाएको छ । राजमार्ग सुचारु भएपछी जिल्ला भित्रिने तथा बाहिरिने छोटो तथा लामो दुरीका सवारी साधनहरु सञ्चालनमा आएका छन् । सवारी साधन सञ्चालनमा आएपछी यात्रुहरुलाई आ आफ्नो गन्तव्यतर्फ लागेका छन् ।

यसअघि पनि मालिकार्जुन गाउँपालिका ३ तेर्छेलेकमा पहिरो खस्दा सोमवादेखि अवरुद्ध रहेको उक्त राजमार्ग बुधवारवाट सञ्चालनमा आएको थियो ।