राप्रपा नेता ठाकुरमोहन माथि आक्रमण गर्ने पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा सशस्त्र प्रहरी बलका पूर्वआईजी ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालिकोटको पलाताँ गाउँपालिका–९ घर भई काठमाडौं निलोपुल बस्ने ३१ वर्षीय निराजन बम छन् । उनलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

२७ फागुनमा काठमाडौं धुम्बाराहीस्थित पार्टी कार्यालयमा नेता श्रेष्ठमाथि आक्रमण भएको थियो । आफूमाथि आक्रमण भएको भन्दै श्रेष्ठले प्रहरी वृत्त महाराजगञ्जमा जाहेरी दिएका थिए।