फेरि ‘बोक्सी’को आरोपमा राधा चौधरीमाथि कुटपिट, एकजना पक्राउ

कैलाली, कात्तिक २२ । कैलालीको घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा राधा चौधरीलाई फेरि कुटपिट गरिएको छ ।चौधरीमाथि स्थानीय कालीचरण चौधरीले बुधबार कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक हरि वलीले जानकारी दिए । कुटपिटमा संग्लन कालीचरणलाई इलाका प्रहरी कार्यालय सुख्खडले पक्राउ गरिसकेको छ ।

 

यसअघि बोक्सीकै आरोपमा राधामाथि कुटपिट भएको थियो। भोलेबाबा भनिने रामबहादुर चौधरीसहित ३ जना अदालतको आदेशपछि कैलाली कारागारमा कैद सजाय भोगिरहेका छन् । घोडाघोडी नगरपालिका–५ देउकलियाकी उनीमाथि २०७४ फागुन २४ गते बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको थियो ।