अमेरिकी राष्ट्रपतिका लागि दाबेदारी दिने पहिलो हिन्दू सांसद तुलसी गबार्ड को हुन्

काठमाडौं, माघ ३। अमेरिका हवाई प्रान्तकी सांसद तुलसी गबार्ड सन् २०२० को राष्ट्रपति चुनावको लागि दावेदारी पेस गर्दैछिन् ।३७ वर्षीया तुलसी गबार्ड अमेरिकाको डेमोक्रेटिक पार्टीकी त्यस्ती नेता हुन् जसले २०१६ को राष्ट्रपतीय निर्वाचनमा हिलारी क्लिन्टनको सट्टा बर्नी स्याण्डर्सलाई समर्थन गरेकी थिइन् ।

 

उनी सन् २०१६ मा डेमोक्रेटिक नेसनल कमिटी ९डीएनसी०की उपाध्यक्ष थिइन् तर स्याण्डर्सलाई समर्थन गरेपछि उनले यो पदबाट राजीनामा दिएकी थिइन् ।सन् १९८१ मा अमेरिकाको समोआ भन्ने ठाउँमा जन्मिएकी तुलसी गबार्ड अमेरिकाको इतिहासमै सबैभन्दा कम उमेरमा जनप्रतिनिधि बन्ने नेता हुन् ।

त्यतिबेला उनी मात्र २१ वर्षकी थिइन् ।स्टेट सिनेटर माइक गबार्डकी छोरी तुलसीले आफ्नो पहिलो कार्यकालमा हावा तथा सौर्य उर्जाको लागि आवश्यक उत्पादनको ट्याक्समा छुट दिने नियमको समर्थन गरेकी थिइन् ।

 

त्यसपछि उनले हवाई सेना ‘नेसनल गार्ड सर्भि स’मा संलग्न भएर एक वर्षको लागि इराक युद्धमा सेवा गरिन् ।यसका साथसाथै उनले सन् २०११ मा इण्डोनेसियाली सेनासँग शान्ति स्थापनाको तालिममा संलग्न भइन् । सन् २०१५ मा अमेरिकी सेनामा मेजरको पद हासिल गर्ने तुलसी अहिले पनि सेनासँग जोडिएकी छिन् ।

अमेरिकाको आउँदो राष्ट्रपतीय चुनावमा आफूले उम्मेद्वारीको लागि दाबेदारी दिने भन्दै तुलसी गबार्डले ट्विटरमा आफ्नो विचार राखिन् । त्यसपछि उनको नाम भारतमा ट्विटर ट्रेण्डमा नै रह्यो ।यदि तुलसीको भारतसँगको सम्बन्धको बारेमा कुरा गर्ने हो भने उनको भार तसँग कुनै पनि सम्बन्ध छैन ।

 

उनका बुवाआमा पनि भारतीय मूलका पनि होइनन् ।तर अमेरिकामा रहेको भारतीय मूलका हिन्दूहरुको ठूलो सङ्ख्याले उनको समर्थन गर्दै आएका छन् । अमेरिकाको संसदमा पहिलो हिन्दू भएको रेकर्ड पनि उनकै नाममा छ ।तुल सी गबार्र्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी खास समर्थक भएको मानिन्छ ।

 

गएको वर्ष अमेरिकाको एक न्यूज च्यानलको कार्यक्रमा हिन्दूको विरोधमा गरिएको टिप्पणीमा उनले खुलेर विरोध गरेकी थिइन् ।सन् २०१४ मा मोदी प्रधानमन्त्री हुनुभन्दा पहिलेदेखि नै तुलसी मोदीको समर्थन गर्दै आएकी छिन् ।सन् २००२ को गुजरात दङ्गाको कारण गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीलाई अमेरिकी सरकारले अमेरिका आउन प्रतिबन्ध लगाएको थियो ।

त्यसरी प्रतिबन्ध लगाउँदा अमेरिकी सरकारको आलोचना गर्ने नेताहरुमा तुलसी पनि थिइन् ।हिन्दू धर्म मान्ने तुलसीले भारत यात्राका क्रममा नरेन्द्र मोदी सँग भेटघाट गरेकी थिइन् ।

 

यस्तै प्रधानमन्त्री मोदीले पनि अमेरिका गएका बेला तुलसीसँग भेट गर्नैका लागि भनेर समय मिलाएका थिए ।केही वर्ष पहिले हिन्दू रीतिरिवाजमा विवाह गरेकी तुलसीले योग दिवसलाई अन्तर्राष्टिय रुपमा प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा साथ दिएकी थिइन् ।उनको राजनीतिक छवि एक राजनेताको जस्तो छ जसलाई रिपब्लिकन पार्टीकै मान्छेले पनि मन पराउँछन् ।

 

यस्तो अवस्थामा डेमोक्रेटिक पार्टीभित्र त उनको लोकप्रियता हुने नै भयो । सन् २०१६ मा बर्नी स्याण्डर्सको समर्थन गर्दै उनले डीएनसीको उपाध्यक्ष पदबाट राजी नामा दिएकी थिइन् । त्यसपछि डेमोक्रेटिक पार्टीले हिलारी क्लिन्टलनलाई चुनावको लागि आफ्नो उम्मेदवार बनाएको थियो । बीबीसी हिन्दीबाट