स्व.निर्मला पन्तको घरमा १८ लाखले तनाव, एक्ला-एक्लै राहत कुम्ल्याउने दाउ

काठमाडौं, माघ ३ । छोरी वियोगको पीडासँगै न्यायको भिख मागिरहेकी दुर्गादेवी पन्तलाई चोटमाथि चोट थपिएको छ । अचेल उनीलाई श्रीमान यज्ञराजले दिनहुँजसो थप तनाव दिन्छन् । वर्षौदेखि बोलचालै बन्दसँगै छुट्एिर बसेका यज्ञराजले पछिल्लो समय पटक–पटक दुर्गादेवीमाथि कुट पिट गरिरहेका छन् ।

 

पछिल्लो उनीहरुबीच विवाद बढ्नुको मूल कारण होः सरकारले राहतस्वरुप दिने भनेको १८ लाख रुपैयाँ ।वियोगको पीडा त छँदै छ, सरकारले दिने राहत रकम चाहिँ किन गुमाउनु  भन्ने चाहन्छिन्, दुर्गादेवी । तर, राहत रकम सबै निर्मला की आमाले लैजालिन् र कान्छी श्रीमती अर्थात् निर्मलाकी सौतेनी आमा रिसाउलिन् भन्ने पिर छ, यज्ञराजलाई ।

अचेल ‘यज्ञराज आक्रामक हुनुको कारणः छोरीको न्यायका लागि होइन, राहत रकमको बाँडफाँटको विषयले हो’ भन्न थालिएको छ । दिनप्रतिदिन परिवारको स्थिति नाजुक हुँदै गएकोप्रति दुर्गादेवी निकै चिन्तित छिन् । न्याय पनि नपाउने, राहत पनि गुम्ने त होइन रु भन्ने चिन्ता छ, दुर्गादेवीलाई ।

राहत रकमको विषय मात्रै होइन, निर्मलाका बलात्कारी एवम् हत्यारा पत्ता लगाउन प्रहरीले यज्ञराज र दुर्गादेवीको डिएनए परीक्षण गर्न खोज्यो । निर्मलाको तर्फबाट लिइएको नमूनामै शंका भएपछि प्रहरीले बा र आमाको नमूनाबाट डिएनएको क्रस चेक गर्न खोजेको थियो । तर, त्यसका लागि यज्ञराजले रगत दिन मानेनन् ।

 

छोरीको हत्यारा पत्ता लाग्ने आशका कारण दुर्गादेवीले डिएनए परीक्षणका लागि नमूना रगत दिइन् । जुन कुरा यज्ञराजलाई मन परेन र दुर्गादेवीमाथि कुटपिट गरे । जसकारण दुर्गादेवी अहिले विक्षिप्त छिन् ।यज्ञराजले डिएनए परीक्षणका लागि रगत दिन नमान्नुको का रण अनेक शंका उब्जिएको छ । र, घटनालाई थप रहस्यमयी एवम् शंकास्पद बनाएको छ ।

 

यज्ञराज र दुर्गादेवीबीच खटपट भएको यो पहिलोचोटि होइन । सम्बन्ध सुमधुर नभएपछि नै यज्ञराजले दोस्रो बिहे गरेका हुन् । दुर्गादेवीका तर्फबाट तीन सन्तान थिए। ती मध्येकी एक हुन्, निर्मला पन्त । बाआमाको विवादले छोरीहरु पहिल्यैदेखि तनावमा थिए ।

कठिन अवस्थामा पनि बुबाले वास्ता नगरेका कारण सन्तान पीडामा थिए । र, अहिले बाँचेका सन्तानमा पनि पीडा थपिएको छ ।तर यज्ञराज भने दुर्गादेवीको कुरा पत्याउन तयार छैनन् । न्याय नपाए राहत मात्रै लिएर के गर्नु रु भनेर सामान्य गाली मात्रै गरेको उन को भनाई छ ।

 

दुर्गादेवीले परिवारमा सल्लाह नै नगरी अरुको उक्साहटमा लागेर राहत लिन लागेकोप्रति यज्ञराज आक्रोशित छन् ।यससँगै निर्मलाकी सौतेनी आमा लक्ष्मी पन्त पनि अ्ररु उक्साहटमा दुर्गादेवी अघि बढेकोले समस्या भएको बताउँछिन् ।करिब ७ महिना भयो, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ।

निर्मला हत्या प्रकरणले देशव्यापी चर्चा पायो । सडकदेखि सदनसम्म हत्यारा पत्ता लगाएर कारबाही माग भयो । तर, अझै तत्काल हत्यारा पत्ता लाग्ने छाँट छैन । तर, निर्मलाका बा–आमाबीच राहत रकम लिने÷नलिने विषयमा चर्को विवाद हुनु, आपसमा कुटाकुट हुनु निकै दुखद कुरा हो ।

त्यस्तै, प्रहरीले छोरीको हत्यारा पत्ता लगाउन डिएनए परीक्षणका लागि नमूना रगत दिन बुबा यज्ञराजले आनाकानी गर्नु स्वभाविक छैन । यसले घटनालाई रहस्यमयी र शंकास्पद बनाएको छ ।निर्मलाको बलात्कारपछि हत्या भएको ६ महि ना अवधिमा निकै उत्तारचढाव भयो । हत्यारा पत्ता लाग्नु त कता हो कता  पछिल्लो समय निर्मलाको घरभित्रै कलह बढेको छ ।