यिहुन अमेरिका बसेपनि पिडित बुद्धिमान र हरिकाजीका लागि ६०लाख सहयोग उठाउन लागेकी चेली

बाँकेको ,   बैजनाथ गाउँपालिका वडा नं. ८ कर्लिमाक्रा बुद्धिमान कुवंर गरिवीका कारण नेपालको घरपरिवारलाई भारतको कमाईले धान्दै आएको थियो । भारतकै सिमलामा लेवरी काम गर्दै आएका बुद्धिमान करिव ११ बजेतिर सरिया बोकेर ३ तलामाथि जादै थिए । हरेक दिन त्यसै गरि बोक्दै आएका बुद्धिमान एक दिन उनले बोकेको सरिया विद्युतको तारमा छोएर बुद्धिमानलाई करेन्ट लाग्यो । करेन्ट लागेपछि बुद्धिमान ढले र बेहोस भए । ३ —४ दिन होस नै आएन ।

 

बुद्धिमानको पैसा नभएको कारण भारतमै उपचारकै क्रममा विना सुई जिउदो चिरेपछि म कराँए उनले भने डाक्टरले झन उल्टै गाली गर्यो । चुपचाप लागे र मेरो शरिरको हात खुट्टा दुवै चिरेर हेरेपछि काम नलाग्ने र फाल्न पर्ने डाक्टरले सल्लाह थियो । डाक्टर कै सल्लाह बमोजिम दुवै हात र एउटा खुट्टा काटे । केही वर्ष अघि कतार गइ काम गरेर फर्केका हरिकाजी आफ्नै गाउँठाउँमा बिद्धुत प्राधिकरणमा काम गर्न थालेका रहेछन् । बिद्धुतकै कामको सिलसिलामा अर्काको घर उज्यालो बनाउदा ११ हजार भोल्टको करेन्टले हरिकाजिको २ हात र १ खुट्टा नै लगियो । करेन्ट लागेर बेहोस भएका हरिकाजीलाई ४१ दिनमा होस आउँदा अस्पतालमा हात खुट्टा पोको पारिएको झैँ पाए र मेरा हात खुट्टा खोलिदिनु भन्दै कराउन थालेछन् ।

 

उनलाई त केवल बिजुलीको पोलमा झुन्डिरहदाँ हातका औँला मात्रै झरेको याद थियो तर विडम्बना त्यतिबेला सम्म उनका दुवै हात काटिइसकेका थिए । ८३ वर्ष वृद्ध बुबाआमा घरमा छन् तर घर परिवार कमाउने ओरु कोहि न भएपछि अहिले परिवारको बिच्चली छ । आफ्नो पिडा सुनाउँद सुनाउँदै बुढा बुबाआमालाई अलिकती सुख दिन चाहान्छु भन्दै भक्कानिए हरिकाजी । घरकै कमाउने मान्छेको यस्तो हालत भएपछि बच्चाहरुलाई पढाउन र आमाबुबा बिरामी भए दवाई पानि सम्म गर्न गारो भएको छ । हरिकाजीका २ सन्तान छन्, छोरी करिब ११ वर्षकी छिन् भने छोरो करिब ५ वर्षको छन् ।

 

श्रीमतीले म आफैलाई बेचेर भएपनि नानी बाबु लाई केही कुराको कमी हुन दिन्न भन्छिन् । उता बाबुआमा भन्छन हामी त अब मर्ने बेला हुन लाग्यो हाम्रो चिन्ता छैन । यिनै नाति नातिनीको भविष्य के होला भन्दै रुनुभ्यो । यिनी दुवै जनाको उपचारका लागि बिना कार्की आचार्यले एउटो अनलाइन सहयोग गर्न सक्ने ग्रुप माध्यम बनाउनु भएको छ । जसमा गएर आ आफ्नो शक्ति र इच्छा अनुसार उपचारका लागि यिनी दुइ जनालाई आर्थिक सहयोग गर्न सकिन्छ ।