पारस शाहलाई हृदयघात : नर्भिक अस्पतालमा उपचार हुदै

काठमाडौं,    माघ १४ । पूर्व युवराज पारस शाहलाई तेस्रो पटक वृहत् हृदयघात भएको छ । हृदयघात भएपछि शाहलाई आज अपरान्ह ४ः१५ बजे नर्भिकको आकस्मिक कक्षमा पुर्याइएको थियो ।

 

थोरै समय नर्भिकको अन्तर्राष्ट्रिय आकस्मिक कक्षमा राखी जाँचपश्चात् उहाँलाई तत्कालै क्याथल्यावमा सारेर कोरोनरी एन्जियोग्राम गर्दा उहाँको मुटुको धमनी पूर्णरुपमा बन्द रहेको पाइएको थियो । उपरोक्त अवरोध खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण कार्य सफलतापूर्वक सम्पन्न भई उहाँलाई सी।सी।यु।मा सारिएको नर्भिक अस्पतालले जनाएको छ ।

 

पूर्व युवराज शाहको उपचारमा प्रा।डा। यादवदेव भट्ट लगायत डा। जे।पी। जैसवाल, डा। नग्मा श्रेष्ठ, डा। सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा। प्रज्वल श्रेष्ठको टोली संलग्न रहेको थियो । उहाँको स्वास्थ्य हाल स्थिर रहेता पनि उहाँ खतरामुक्त हुने अभैm भैसक्नुभएको छैन । उहाँ केही दिन हस्पिटलमै रहनुहुने पनि नर्भिक अस्पतालले जनाएको छ ।