काभ्रेबाट विप्लवका‘मध्य कमाण्ड इञ्चार्ज’ हेमन्तप्रकाश ओलीसहित आठ जना पक्राउ

काठमाडौं, चैत ९ ।विप्लप नेतृत्व नेपाल कम्युनिस्ट पार्टी माओवादीका प्रभावशाली नेता हेमन्तप्रकाश ओली सहित आठ जना काभ्रेबाट पक्राउ परेका छन्।

मध्यक्षेत्रीय कमान्ड इन्चार्ज एवंम प्रशिक्षण विभाग प्रमुख ओलीसहित आठै जनालाई काभ्रेको खानीखोला गाउँपालीका ३ डाँडागाउँबाट शुक्रबार मध्यराती पक्राउ गरिएको हो ।ओलीसँगै पक्राउ पर्नेमा शंकर अधिकारी, रामकृष्ण खतिवडा, लोकेन्द्र खड्का, देव घिमिरे, धर्मराज राजवाहक, ललित तामाङ र सञ्जीव कार्की रहेको प्रहरीले जानकारी दिएको छ।

 

प्रहरीको विशेष ब्यूरो र अपराध महाशाखाको टोलीले विप्लव समूहको उच्च तहमा रहेका ओलीलाई पक्राउ गरेको हो। सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि उच्च तहका नेताहरूलाई पनि पक्राउ गर्न थालेको हो।