घरभित्र मृत अवस्थामा भेटिए पतिपत्नी,अनुसन्धान गर्दै प्रहरी

सांकेतिक तस्वीर

कपिलवस्तु। कपिलवस्तुको वाणगंगास्थित एक घरमा पतिपत्नीको शव फेला परेको छ। वाणगंगा नगरपालिका–८ ढोडेकोल निवासी ६० वर्षीय टेकलाल भुसाल र उनकी ५५ वर्षीया श्रीमती जुठी भुसाल बुधबार बिहान घरभित्रै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

कपिलवस्तुका डीएसपी हरि वलीका अनुसार बुधबार बिहान साढे ८ बजेतिर दूध लिएर गएका स्थानीयले पतिपत्नीलाई घरभित्र मृत भेला पारेपछि खबर गरेका थिए। इलाका प्रहरी कार्यालय पिपराबाट गएको प्रहरी टोलीले घटनाको अनुसन्धान अघि बढाएको छ।

डिएसपी वलीले भने, ‘पतिको शव भ¥याङमा झुन्डिएको अवस्थामा र पत्नीको शव घरभित्रै खाटमा फेला परेको छ।पत्नीको शरीरका विभिन्न भागमा चोट देखिएको उनले बताए।

घटनाको प्रकृति हेर्दा पतिले पत्नीको हत्यापछि आत्महत्या गरेको जस्तो देखिने प्रहरीले जनाएको छ। प्रहरीले घटना अनुसन्धान गरिरहेको छ। अनुसन्धानपछि मात्र घटनाबारे तथ्य पत्ता लाग्ने प्रहरीले जनाएको छ।