एसईई प्रश्नपत्रमा गल्ती नै गल्ती

काठमाडौं चैत १२ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्रमा त्रुटि नै त्रुटि भेटिएका छन्। थुप्रै प्रश्न अस्पष्ट रहेको विद्यार्थीको गुनासो छ। सातवटै प्रदेशका अंग्रेजी र नेपाली विषयका प्रश्नपत्रमा गल्ती र अस्पष्टता भेटिएको छ।

 

एसईईअन्तर्गत आइतबार अंग्रेजी र सोमबार नेपाली विषयको परीक्षा भएको थियो । बोर्डले सातवटै प्रदेशका लागि अनिवार्य विषयका छुट्टाछुट्टै प्रश्नपत्रबाट परीक्षा लिइरहेको समाचार कान्तिपुर दैनिकमा छापिएको छ । 

 

प्रदेश ३ को नेपालीको प्रश्नपत्रमा विद्यार्थीले उत्तर लेख्नुपर्नेभन्दा बढी प्रश्न सोधिएको छ। प्रश्न नम्बर ७ मा ४ वटा प्रश्नको मात्रै उत्तर दिए पुग्नेमा ५ वटा प्रश्न राखिएपछि धेरै विद्यार्थी झुक्किए। कतिपय ठाउँमा भाषागत त्रुटि पनि छन्। सातवटै सेटको प्रश्न नम्बर ९ अस्पष्ट छ। त्यसमा भनिएको छ, ‘आफ्नो भाइका बरेमा तीन वाक्यमा वर्णन गर्नुहोस्।’

 

यस्ता प्रश्नले विद्यार्थीलाई झुक्याउने नेपाली विषयका प्रश्न निर्माणविज्ञ देवीराम आचार्यले बताए। ‘तीन वाक्यमा वर्णनै हुँदैन’, उनले भने, ‘३ पूर्णांकको प्रश्नमा विद्यार्थी झुक्किएर एक पेज लामो उत्तर लेख्ने सम्भावना हुन्छ। अरु प्रश्नको उत्तर लेख्न समय पुग्दैन।