नेकपा डब्बलको विद्यार्थी संगठनमा बिवाद चुलिदै

 

विष्णु विकिरण

काठमाडाै,बैशाख २६। नेकपाकाे पार्टी एकिकरण घाेषणा भइसक्दा पनि विद्यार्थीका भातृ संगठन भने भिन्न भिन्न रहेको डब्बल नेकपा विद्यार्थी संगठन पाटन इकाइ कमिटि निर्माणसँगै त्रिपल भएको छ ।माधव नेपाल,केपी ओली तथा प्रचन्ड गुट मध्यका एक भातृ संगठनले सोमबार छुटै कमिटि बनेको हो।

 

प्रचण्ड निकट क्रान्तिकारि विद्यार्थी संगठनले नेपाल कम्युनिस्ट पार्टी( नेकपा) को एकता प्रक्रिया मा सुस्तता देखिएको र जनबर्गिय संगठन हरु को एकता को बहस पेचिलो बनिरहेको भन्नेव हल्ला को माझ पुर्व माओवादी केन्द्र निकट बिद्यार्थी संगठन ले भने बिशेष भेला मार्फत धमाधम नेतृत्व चयन गर्ने संकेत देखिएको छ | यसको सुरुवात अखिल (क्रान्तिकारी) पाटन संयुक्त क्याम्पस समितिले विशेष भेला मार्फत नयाँ नेतृत्व चयन गरेको छ |

 

पाटन ढोका स्थित पाटन क्याम्पस मै भेला भएका क्रान्तिकारी बिद्यार्थी हरुले बासुदेव खनाल (युनिक) अध्यक्ष रहने गरि ११ सदस्यीय पदाधिकारी चयन गरेको छ्न्र जसको उपाध्यक्ष मा अर्पणा भुजेल , नरिक महर्जन (किरण ) र पुर्ण बम रहेकोे छन् भने सचीव मा अभिनव सिंह खत्री लाइ र सह-सचीव मा निशा खत्री , सनुज बन्जारा , सजन महर्जन , राहुल जयसवाल र कोषाध्यक्ष मा ओमकान्त शुक्ला चयन गरिएको जानकारी दिएका छन् उक्त क्याम्पस मा केही दिन अघि मात्रै पुर्व एमाले निकट अनेरास्ववियु ले समेत नेतृत्व मा हेरफेर गर्दै कमिटी पुनर्गठन गरेको थियाे|