नेकपा जनवर्गीय संगठनको भागबन्डा टुङ्गियो

काठमाडौं,जेठ २। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनवर्गीय संगठनको नेतृत्व टुङ्गो लगाएको छ । बिहीबार वालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले एकताको टुंगो लगाएको हो ।

बैठकपछि संचारकर्मीहरुसंगको कुराकानीमा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जनवर्गीय एकता टुङ्गयाएको जानकारी दिए । युवामा रामप्रसाद सापकोटा ‘दिपशिखा’ले पाएका छन् । ‘दिपशिखा’ तत्कालीन माओवादी निकट यूवा संगठनका नेता हुन् ।

 

त्यस्तै, विद्यार्थी संगठनको नेतृत्व ऐन महरले पाएका छन् । त्यस्तै महिला संगठनको नेतृत्व अमृता थापाले मजदुर संगठनको नेतृत्व विनोदा श्रेष्ठ र पत्रकार संगठनको नेतृत्व महेश्वर दाहालले पाएका छन् । दाहालको पोलिटब्यूरोमा पनि नाम आएको छ ।

 

त्यसैगरी बुद्धिजिवीमा दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी उपसंयोजक रहने सहमति बनेको स्रोतको भनाई छ । देवकोटा तत्कालीन एमाले निकट र केसी तत्कालीन माओवादी निकट बुद्धिजिवी संगठनका नेता हुन् ।

अन्यको नाम सार्वजनिक हुन बाँकी छ ।