कता जाँदैछ देश : सरकार बन्दै कठाेर,युद्वको तयारीमा विप्लव

 काठमाडाै,असार २६ । भोजपुरमा विप्लव समुहका कार्यकर्ता र प्रहरीबीच भएको दोहोरो झडपमा एकजना प्रहरी जवान र एक जना विप्लवका कार्यकर्ता मारिएको घटनाले जनयुद्धको झल्को दिएको छ । बुधबारको घटनाबाट नागरिकहरु त्रसित हुन थालेका छन् भने केहिले मुलुक गृहयुद्धमा जानै लागेको हो की भनेर चिन्ता समेत व्यक्त गर्न थालेका छन् ।

 

गृहमन्त्रीका सुरक्षा सल्लाहाकार इन्द्रजीत राईले यो चिन्तालाई बढावा दिदै मुलुक युद्धमा जाने खतरालाई नकार्न नसकिने अवस्था बनेको बताएका छन् । उनले थप एक कदम अघि बढेर भनेका छन्– युद्धको औपचारिक घोषणा मात्रै नभएको हो । तर, अवस्था करिब त्यस्तै बनेको छ । बुधबारको घटनाले परिस्थिति अझै जटिल बनाएको भन्दै यहि क्रम जारी रहे जे सुकै हुन सक्ने उनले चेतावनी समेत दिए ।
यो पनि पढ्नुहोस्

 

गृहमन्त्रीका सुरक्षा सल्लाहाकार राईले विप्लव समुहले युद्धको तिब्र तयारी गरिराखेको सुचना आफूहरुले पाएको बताएका छन् ।

 

गृहमन्त्रीका सुरक्षा सल्लाहाकार राईले विप्लवले युद्धको तयारी गरेको सुचना पाएका आधारमा सरकारले पनि तयारी थालेको जानकारी दिएका छन् ।

 

चुप लागेर बस्ने अवस्था नरहेको भन्दै उनले विप्लवविरुद्ध थप आक्रामक रुपमा सरकार लागेको उनले बताए । वार्तामा पनि नआउने र मान्छे मार्दै हिड्नेलाई सरकारले त्यहि अनुसार व्यवहार गर्ने उनको भनाइ थियो ।

 

गृहमन्त्रीका सुरक्षा सल्लाहाकारको युद्धको तयारीबारे यस्तै धम्की दिदै गर्दा बिहीबार विप्लव समुहले एउटा विज्ञप्ती जारी गरेर बद्ला लिने अघि बढ्न निर्देशन दिइएको छ । विज्ञप्तीमा भनिएको छ– सम्पूर्ण कमरेडहरुलाई शेकलाई शक्तिमा बदल्न र बदलाभावका साथ मैदानमा खट्न आग्रह गर्छु ।

 

दुबै पक्षको यो खालको अडान र एकले अर्कालाई पेल्ने रणनीतिका कारण मुलुक युद्धमा जाने खतरा बढ्दै गएको सुरक्षाविद्हरु बताउँछन । नेपाल प्रहरीका पूर्व एआइजी राजेन्द्रसिंह भण्डारी सरकारले बेलैमा कुनै उपाय नअपनाए समाल्नै गाह्रो हुने परिस्थिती आउने दाबी गर्छन् । बुधबारको घटना यसको संकेत भएको भन्दै उनले विप्लवका यस्ता गतिविधि नरोके मुलुक ठूलो भासमा फस्ने चेतावनी दिए ।

गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहाकार इन्द्रजीत राई

सरकारले गत फागुनमा विप्लव समुहलाई प्रतिबन्ध लगाएपछि उनीहरु झनै उग्र बन्दै आएका छन् । अवस्था यस्तो सम्म बनिसक्यो की सुरक्षाकर्मीसमेत मारिन थालेका छन् । मुलुकमा सुरक्षाकर्मीको मृत्यु हुनेसम्मको घटना भइसक्दा समेत राज्य जिम्मेवार नभएको भन्दै सांसदहरुले सरकारको आलोचना गर्न थालेका छन ।

 

यसरी विप्लव झन झन हिसांत्मक बन्दै जादा सरकार उसलाई रोक्ने कुनै दिर्घकालिन उपाय नआउदा खतरा झनै बढेको उनीहरुको भनाइ छ । राजनीतिक विश्लेषकहरुले पनि अब पनि समाधानको बाटो नखोजे परिस्थिति जटिल बन्ने बताउन थालेका छन् । विश्लेक मुमाराम खनाल बल प्रयोग गर्ने भन्दा वार्ताबाट सरकारले समधान खोज्नु पर्नेमा जोड दिन्छन् ।

 

सरकारले पहिला विप्लव समुहसँग राजनीतिक समाधान नखोजी उसलाई ठेगान लगाउने रणनीति अपनाउदा परिस्थिती जटिल बन्दै गएको सुरक्षाविद् र विश्लेषकहरुको ठहर छ । अब पनि त्यहि रणनीति अपनाए मुलुकले २०५२ कै अवस्थामा सहनु नपार्ला भन्न सकिन्नछ । जसको संकेत बुधबार प्रहरी र विप्लवका कार्यकर्ताको मृत्यु हुने गरि भएको झडपले पुष्टि गरेको छ ।

reportersnpal बाट साभार ।