राजपामा भाँडभैलो छ नेता छ तिर

काठमाडौं साउन १ ।  पार्टी एकतापछि एक पटक पनि महाधिवेशन गर्न नसकेको राष्टिय जनता पार्टीमा ६ अध्यक्षका फरक फरक मतहरु आउन थालेका छन् । तीन अध्यक्षले नेपाली कांग्रेससंग मिलेर आन्दोलन आन्दोलन गर्ने घोषणा गरेका छन् । २०७६ असार २३ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकन्ठमा लगाएको सप्ताह पुराणमा भाग लिन गएका अध्यक्षमण्डलका संयोजक अनिलकुमार झा, सदस्यहरु महन्थ ठाकुर र राजकिशोर यादवले नेपाली कांग्रेससंग मिलेर आन्दोलन गर्ने घोषणा गरेका हुन् ।

 

सर्लाही घटनामा मारिएका विप्लव माओवादीका जिल्ला इन्चार्ज कुमार पौडेल र बालक पोखरीमा डुबेर मरेको बिषयमा जुलुस निकाल्दा प्रहरीको गोली लागेर मारिएका सरोज सिंहको बिषयलाई लिएर नेपाली कांग्र्रेसले संसदीय छानबिनको माग गर्दै सदन अवरुद्ध गर्दैआएको छ ।

 

कांग्रेसले गरेको सदन अवरुद्धदेखि सबै खाले आन्दोलनमा राजपाले साथ दिने प्रतिक्रिया सप्ताहपुराणबाट फर्किएका नेताहरुले दिइसकेका छन् । अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले कांग्रेसस“ग चारबु“दे सहमति भएको सार्वजनिक अभिब्यक्ति दिइसकेका छन् ।

 

चार बुँदे सहमति गरेको अभिब्यक्तिपछि अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले कांग्रेसप्रति जनआकर्षण छैन, जनतामा आकर्षण नभएको पार्टीसंग मिलेर आन्दोलन गर्नुको कुनै अर्थ छैन । कांग्रेससंग मिलेर आन्दोलन गर्दा राजपालाई कुनै लाभ नहुने भएकाले उसंग मिलेर आन्दोलन गर्न नसकिने महतोको मत छ ।

 

गिरीशचन्द्र लाल प्रतिवेदन सार्वजनिक गर्न र संविधान संशोधनको मुद्दालाई लिएर समाजवादी पार्टी नेपालसंग मिलेर आन्दोलन गर्दा बरु पार्टीलाई फाइदा हुने निष्कर्ष अध्यक्ष मण्डलका सदस्यत्रय राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारीको छ ।

 

पार्टीमा छलफल नै नगरी कांग्रेससंग मिल्ने ठाकुर, झा र यादवले कांग्रेससंग मोर्चाबन्दी गरेको धारणा सार्वजनिक गरेपछि महतोले समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसंग भेट गरिसकेका छन् । महतोको यादवसंग पटक पटक कुराकानी भइरहेको छ । उनले जनकपुरमा केही दिनअघि उपेन्द्र यादवसंग भेटेका थिए ।

 

महतो, यादव र भण्डारी कांंग्रेससंग होइन, समाजवादी पार्टीसंग सहकार्य गर्ने पक्षमा लागेका छन् । महतोले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै कांग्रेसको सदन अवरुद्धमा तत्काल साथ दिए पनि मोर्चाबन्दी गर्ने निर्णय नभएको बताइसकेका छन् ।साँघु बाट ।