सशस्त्र प्रहरीको ध्यान उत्तरी नाकातर्फ

काठमाडौं,भदौ ५।सशस्त्र प्रहरी बलले नेपाल–चीन नाकामा तस्करी बढेको भन्दै उत्तरतर्फ बोर्डर आउट पोट(बिओपी) स्थापना गर्न गृह मन्त्रालयमा प्रस्ताव गरेको छ ।

सशस्त्र प्रहरीले दार्चुला, हुम्ला, मुस्ताङ, संखुवासभासहितका जिल्लामा रहेका उत्तरी नाकाबाट तस्करी बढेको निष्कर्षसहित बिओपी स्थापनाका लागि प्रस्ताव पठाएको हो ।

 

सशस्त्र प्रहरीका प्रवक्ता सुरज श्रेष्ठका अनुसार छिमेकी चीनसँगको सीमाक्षेत्रमा तस्करी बढेका कारण त्यसलाई रोक्न बिओपी स्थापना गर्न प्रस्ताव गरिएको हो ।

 

संखुवासभाको किमाथांकामा बिओपी स्थापनाका लागि जग्गाको टुङ्गो लागिसकेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए । यो समाचार नागरिक दैनिकमा छ ।