अखिल (क्रानितकारी)ले शिक्षा,स्वास्थ्यमा देखिएको विकृर्ति विरुद्ध कडा संघर्ष गर्ने चेतावनी (प्रेस विज्ञप्तिसहित)

काठमाडाै,भदाै १८। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल( क्रान्तिकारी)ले आज एक प्रेस विज्ञप्ति जारी गदै शिक्षा स्वास्थ्यमा देखिएको विकृर्ति विसंगति र अनियमितताको विषयमा सम्बोधन नभए त्यस विरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिएको छ।  

 

प्रेस विज्ञप्ति

हाम्रो महान तथा गौरवशाली संगठन अखिल नेपाल राष्ट्यि स्वतन्त्र विद्दर्थी यूनियन क्रान्तिकारी शिक्षा र स्वस्थ्यमा भइरहेका विकृर्ति विसंगति र अनियमितता विरुद्ध निरन्तर संघर्ष गर्दै आइरहेको कुरा प्रष्ट छ। शिक्षा र स्वास्थयलाइ पूर्णरुपमा राष्ट्यकरण,निशुल्क एवं सर्वसुलभ बनाउनका निम्ति हामि जोडदाररुपमा लागिरहेका छौ। साथै मेडिकल शिक्षामा भइरहेका गलत कार्यका विरुद्ध हाम्रो संगठन निरन्तर संघर्षरत रहेको कुरा पनि प्रष्ट पार्न चाहानछौ ।

एकीकृत रुपमा परीक्षा सञ्चालन गरिनुको सट्टा केही मेडिकल कलेजहरुले एमबीबीएस प्रवेश परीक्षाको मिति समेत तोकिसकेका र केहीले आफुखुसी शुल्कसहित परीक्षा लिने तयारी गरिरहेका छन्। ७५ प्रतिशत निशुल्क छात्रवृत्तिको व्यवस्था ऐनमा उल्लेख भए तापनि सरकारले नीति तथा कार्यक्रममा स्पष्ट ढगले बजेट समेत विनियोजन गरेको छैन ।मेडिकल कलेजहरुले मनपरी ढंगले शुल्क लिने र भएका सहमतिहरुलाइ पनि कार्यान्वयन नर्गनुले हाम्रो संगठन यसप्रति घोर विरोध एवं भत्र्सना गर्दछ।

हम्रो संगठन यथाशीघ्र यी तमाम विषयहरु सम्बोधन गर्न सम्बन्धित पक्षसंग जोडार अपिल गर्दछ। अन्यथा सशतm संघर्षमा उत्रन वाध्य हुने जानकारी समेत गराउन चाहान्छौ ।

 

क्रान्तिकारी अभिवाद सहित ।