आज मिति २०७६ साल भदौ २२ गते आइतबारकाे राशिफल पढनुस् र पशुपतिनाथको दर्शन गर्नुहोस् तपाईको मनोकामना पुरा हुने छ

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ

भाग्यभावमा गोचर गर्ने चन्द्रमाले खोज तथा अनुशन्धानको क्षेत्रमा उल्लेख्य प्रगति गर्न सकिनेछ । धाार्मिक तथा शैक्षिक यात्रा हुँने प्रशस्त सम्भावना रहेकोछ भने मन्दिर तिरको यात्रा गरि टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापार व्यावसायमा थोरै लगानि गर्दा पनि मनग्गे आम्दानि गर्न सकिनेछ । राजनितिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरि राज्यबाट पद प्राप्त गर्न सक्नेछन् ।

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो

संकट ब्याबस्थापनको लागि चालिएका कदम हरु निरर्थक हुनेछन् । रुपैया पैसा लेनदेन तथा सापटि लिने दिने काम नगर्नुहोला रुपैया पैसाकै कारण साथिभाई तथा आफन्त सँग मनमुटाब बढ्नेछ । नयाँ काम गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिन सकिनेछ भने बैक तथा बित्तिय सस्थामा गरिएको लगानि भने फस्टाएर जानेछ । बाटो हिड्दा तथा सवारि साधन चलाउँदा ध्यान दिनुहोला कुनै पनि बेला अप्रिय घटना घट्न सक्छ ।

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा

समयमा कामहरु सकिने हुँदा अन्य क्षेत्रमा पनि हात हाल्ने तथा लगानि गर्ने बाताबरण बनाउँन सकिनेछ । व्यापार व्यावसायमा बढोत्तरिको योग रहेकोछ भने व्यापारकै शिलशिलामा देश बिदेशको यात्रा गर्न सकिनेछ । मन परेको मानिस तथा जीवन साथिको सहयोगले उपलब्धिमुलक कामहरु सम्पादन गर्न सकिने हुँदा आर्थिक रुपमा सम्पन्न हुँने समय रहेकोछ ।

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो

अधिकार प्राप्तिको लागि गरिने संघर्षमा बिपक्षहिरुलाई हराउदै निर्णायक तहमा पुगिनेछ । काम गर्ने शैलि परिवर्तन गरेर आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । ब्यापारिक कुल घरानका मानिससँग भेटेर नयाँ योजना बनाउन सकिनेछ भने आफन्त तथा साथिभाईहरुको उत्साहजनक समर्थन रहने छ । महत्वपुर्ण कार्ययोजनाहरु सार्वजनिक गर्दा तत्कालका लागि खर्च भने बढ्ने देखिन्छ ।

सिहं मा,मी,मू,मे,मो,टा,टी,टू,टे

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा उल्लेख्य सहयोग पाईनेछ । प्रेम प्रशङमा रमाईलो गर्दै समय ब्यातित गर्न सकिनेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँन सक्छ ।

कन्या टो,पा,पी,पू,ष,ण,ठ,पे,पो

राजनिति तथा समावसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । व्यापार व्यावसायमा मन्दि आउनेछ भने घर जग्गा तथा सवारि साधनको व्यावसायबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । माया प्रेममा एक अर्काको भावना नबुझ्दा टाडिनु पर्ने बाध्यता आउनेछ । बिद्यार्थीहरुले पढाई लेखाईमा ध्यान नदिदा अरुभन्दा पछि परिनेछ ।

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते

छोटो समयमा गरिएको कामको उचित प्रतिफल पाईदा मन प्रशन्न हुनेछ । आर्थिक अवस्था राम्रो हुनेहुनाले व्यापार व्यावसायमा लागनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा छिमेकिबाट तपाईको काममा सहयोग तथा समर्थन गर्ने हुनाले काम गर्न सहज हुनेछ । पराक्रम तथा आट गर्न सकिने हुनाले राम्रा तथा परिणाम मुखि काम गर्न सकिनेछ । बिवादित बिषयहरु आज टुङग्याउनु उचित हुनेछ भने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू

बोलेर गर्ने कुनै पनि पेशा तथा व्यावसायमा लगानि गर्दा मनग्गे आम्दानि हुनेछ । गित संगित तथा मिडिया जस्ता क्षेत्रबाट मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजाको आउने हुनाले मन प्रशन्न रहनेछ । साथिभाई तथा आफन्तका साथ रमाईलो जमघट हुने तथा स्वादिष्ट भोजनका साथ दिन बिताउन सकिनेछ । अग्रजहरुबाट सुनिने शुभ समाचारले मन उत्साहित बनाउनेछ ।

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

राम्रा पहिरनले अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । नया प्रबिधिको प्रयोग मार्फत आफुलाई अब्बल साबित गर्न सकिनेछ । नया कामको प्रस्ताब आउनेछ भने नया प्रकृतिको काम थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । परिवारका साथ मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । धर्म तथा यस्तै कार्यक्रममा सहभागि हुने अवसर जुर्नेछ ।

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

कमर्शियल निर्णयहरु आजको दिन धाति राख्नु होला किनकी व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेको छ भने बैदेशिक क्षेत्र सँग सम्बन्धित व्यावसायमा लगनि बढाउँदा प्रशस्त नाँफा कमाउन सकिनेछ । साना तिना कामका अल्झनु पर्दा अध्ययन तथा अध्यापनमा समय दिन सकिने छैन । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखा पर्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला तपाईको यात्रा कष्टपुर्ण हुन सक्छ ।

कुम्भ गू ,गे,गो,सा,सी,सू,से,सो,दा

व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुनेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउँन सकिनेछ । दाजुभाई तथा आफन्तले तपाईको शुरु गर्नु भएको काममा सहयोग तथा समर्थन गर्ने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउँने समय रहेकोछ । भौतिक सम्पति तथा भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने ईच्छित कामनाहरु पुरा हुँने समय रहेकोछ ।

मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची

परिवारमा सबैसँग सौहार्दपुर्ण बाताबरणमा रमाउँन पाउँदा रमाईलो महशुष हुनेछ । लामो समयदेखि भेट नभएका आफन्तसँग भेटघाट हुनेछ भने मिठा मिठा परिकारका साथ समय बिताउँन सकिनेछ । अध्ययनमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकिनेछ । माया प्रेम तथा प्रणय सम्बन्धमा भाफ्ना मनका कुराहरु खुलेर राख्न पाउँदा मन प्रशन्न हुनेछ ।