छालासँग सम्बन्धीत सबै समस्याबाट छुट्कारा पाउन प्याजको प्रयोग यसरी गर्नुस् यस्ता छन् चार टिप्स

प्याजको प्रयोग सबै घरमा हुने गर्दछ । यसको प्रयोगले खानाको स्वाद बढ्नुका साथसाथ मिठो वासना पनि ल्याउने गर्दछ । कयौं मानिस यसलाई सलादको रुपमा पनि प्रयोग गर्ने गर्दछन् ।

 

काँचो प्याज हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुने गर्दछ । प्याज स्वास्थ्यका साथसाथ छालाका लागि पनि निकै फाइदाजनक हुने गर्दछ । यसले छालासँग सम्बन्धीत सबै समस्याबाट राहत दिने काम गर्दछ । प्याजमा भरपुर मात्रामा भिटामिन ए, भिटामिन ई र भिटामिन सी पाइने गर्दछ । जुन छालालाई सुन्दर र चमकदार बनाउनमा सहयोगी हुने गर्दछ।

 

अनुहारमा प्याजको पेस्ट लगाउँदा चाउरीपनाका साथसाथ डण्डिफोर, दागधब्बा जस्ता समस्या पनि हट्ने गर्दछन् । यस बाहेक प्याजको पेस्ट निकै फाइदाजनक हुने गर्दछ । आज हामी तपाईलाई प्याजको फेस मास्कका केही फाइदाका बारेमा जानकारी दिदैछौँ ।

 

१- यदी तपाईं आफ्नो स्वस्थ्य र जवान त्वचा पाउन चाहनुहुन्छ भने प्याजको फेस प्याक लगाउनुहोस् । यसका लागि एउटा प्याजलाई पिनेर आफ्नो अनुहारमा लगाउनुहोस् । १५ मिनेटपछि यसलाई पानीले सफा गर्नुहोस् । हप्तामा दुई पटक यसको प्रयोग गर्दा तपाईं आफ्नो अनुहारमा केही फरक प्राप्त गर्न सक्नुहुनेछ ।

 

२-सुन्दर र चमकदार छाला पाउनका लागि प्याजको पेस्टमा थोरै मह मिलाएर अनुहारमा लागनउनुहोस् । जब यो सुक्छ, यसलाई चिसो पानीले धुनुहोस् । हप्तामा दुई पटक यसको प्रयोग गर्दा तपाईको त्वचा सुन्दर र चमकदार हुने गर्दछ।

 

३- डण्डिफोरको समस्या हटाउनका लागि प्याजको पेस्टमा कागतीको रस र मह मिलाएर अनुहारमा लगाउनुहोस् । आधाघण्टापछि यसलाई चिसो पानीले धुनुहोस्। यसको प्रयोग हप्तामा दुई पटक गर्दा तपाईको डण्डिफोरको समस्या हट्ने गर्दछ ।

 

४- यदी तपाईको छाला सुख्खा छ भने एउटा प्याजलाई पिनेर यसलाई अण्डाको पहेँलो भाग र एकचम्चा महमा मिलाएर लगाउनुहोस्। त्यसपछि यसलाई १५ मिनेटका लागि यत्तिकै छोडिदिनुहोस् । त्यसपछि यसलाई सफा पानीले सफा गर्नुहोस् । हप्तामा दुई वा तीन पटक यसको प्रयोग गर्दा तपाईंको छाला सुख्खा हुने समस्या हट्ने गर्दछ।