२० हजार रूपैयाँ घुससहित २ प्रहरी पक्राउ

काठमाडौँ, असोज १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी सीमा सुरक्षा बल भजनी, कैलालीका घुमुवा सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानबहादुर चौधरी र जवान रतीराम चौधरीलाई शुक्रबार घुससहित पक्राउ गरेको छ ।

 

भारतबाट माल सामान ल्याउने क्रममा भन्सार शुल्क तिरिसकेपश्चात् पनि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा खटिइएको आयोगको टोलीले उनीहरुलाई सेवाग्राहीबाट लिएको २० हजार रूपैयाँ घुससहित नियन्त्रणमा लिएको हो ।

 

घुस रकमसहित उनीहरुलाई भजनी नगरपालिका–१ स्थित वेलकम कटेज नजिकैबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।रासस,