२५ जनावरीमा हुने भयो ऋतिक र शाहरुखको भिडन्त

hrithik-shahrukhबलिउड अभिनेता शाहरुख खान अभिनित चलचित्र ‘रईस’ र ऋतिक रोशन अभिनितचलचित्र ‘काबिल’ एकै दिनमा अर्थात् २५ जनवरी २०१७ मा संगै रिलिज हुने भएका छन् । यसको प्रत्यक्ष मार निर्मातामा पर्ने देखिएको छ ।

पहिले शाहरुखको ‘रईस’ सलमानको फिल्म ‘सुल्तान’संगै रिलिज हुनेवाला थियो। तर दुई ठूला कलाकारका फिल्म एकआपसमा टकराउँदा व्यावसायमा ठूलो नोक्सानी उठाउनु पर्ने कारणले शाहरुखले आफ्नो फिल्म ‘रईस’ को रिलिज मिति सारेका थिए।

शाहरुखले शुक्रबारको सट्टा बुधबार २५ जनवरीमा चलचित्र रिलिज गर्ने योजना बनाए। तर यहि तारिखमा ऋतिक रोशनको चलचित्र ‘काबिल’ रिलिज हुने पहिले नै तय भइसकेको थियो।

ऋतिक र शाहरुखका अघिल्ला चलचित्र ‘मोहोनजोदारो’ र ‘फ्यान’ले राम्रो प्रदर्शन गर्न सकेका थिएनन्। त्यसैले पनि यी दुइलाई आफ्ना चलचित्र जबरदस्त चल्नुपर्ने प्रेसर रहेको छ । यी दुबै चलचित्र पछि हटेनन् भने यो जुधाईले बलिउड चलचित्रक्षेत्रलाई सय करोड घाटा लाग्ने समिक्षकहरुको आँकलन छ ।