जलवायु परिवर्तन कारण र असर

भानुभक्त पौडेल

जलवायु परिर्वतनबाट विश्व प्रभावित बन्दै गएको छ । यसबाट अतिबृष्टि, अनाबृष्टि, बाढी पहिरो जस्ता समस्याहरु देखिएका छन् । तर जलवायू परिवर्तनमा सकारात्मक सुधारका लागि नेपालको मात्र नभई विश्वको नै प्रतिबद्धता चाहिन्छ । यही प्रयास स्वरुप विश्वमा विश्व शिखर सम्मेलनहरु आयोजना गरी प्रतिबद्धता पनि जाहेर गरिएका छन् तर आशा गरे जति (आशातीत) सफलता प्राप्त हुन सकेको छैन । विश्वमा भएको औद्योगिक विकास र जनसंख्या वृद्धिका कारण वातावरण र जलवायू परिवर्तन भइरहेको छ । विश्व समुदायको औद्योगिक क्रियाकलापका कारण कार्वनडाइ अक्साइड, नाइट्रोजन, मिथेन, जस्ता ग्याँसको उत्सर्जनमा वृद्धि भई वायूमण्डल असन्तुलित बन्नु वायुमण्डल परिर्वतनको प्रमुख कारण बनेको छ । भौगोलिक अवस्था अनुसार जलवायु परिर्वतनका असरहरु फरक किसिमका देखिन्छन् । नेपालको अधिकांश भौगोलिक संरचना भिराले हुँदा जलवायुको असर बढी छ । प्राकृतिक प्रकोपलाई चुनौती दिन कठिन छ । त्यसैले जलवायु परिवर्तनलाई न्यनगर्न मानवीय व्यवहारमा सुधार हुनु अति नै जरुरी छ । सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियो शाहरमा भएको विश्व शिखर सम्मेलन, सन् १९९७ मा जापानको क्याटो शहरमा भएको सम्मेलनले कार्बनडाइअक्साइड (ऋइद्द), नाइट्रस–अक्साईड (ल्द्दइ), मिथेन (ऋज्द्ध), सल्फर–अक्साइड (क्इद्द), पर–फलोरो कार्वनस (एँऋक्), हाइड्रो–फलोरो कार्वनस (ज्ँऋक्), सल्फ–हैक्जाफलोराइड (क्ँट) आदि मुख्य हरित गृह ग्याँसको समुहमा राखेको छ । बितेको झण्डै १०० वर्षको अवधिमा विश्वको तापक्रम औसतमा ०.६ सेल्सियसले बढेको छ । साधारणतथा भु–मध्ये रेखिय क्षेत्रमा तापक्रम कम गतिमा बढेको छ भने उत्तरी तथा दक्षिण ध्रुवीय क्षेत्रमा छिटो तिब्र गतिमा बढेको छ । तापक्रमको वृद्धिले पृथ्वीको ध्रुविय क्षेत्रमा हिँऊ पग्लिरहेको छ त्यसको असरहरु वातावरणका निम्न क्षेत्रमा परेको देखिन्छ । विश्व जलवायु परिवर्तनको असरबाट नेपाल पनि अछुतो रहन सक्दैन । नेपालको तापक्रमको वृद्धि विश्वको औसत (०.६ से.प्रति १००वर्ष) भन्दा बढी भएको पाईएको छ । हाल तापक्रम बढ्दै गईरहेको सहजै अनुमान गर्न सकिन्छ । भौगोलिक क्षेत्रको आधारमा तराई र मध्य पहाडी क्षेत्रमा भन्दा उच्च पहाडी हिमाली तथा हिमालपारीका क्षेत्रहरुमा तापक्रम वृद्धिदर बढीरहेको पाईएको छ ।
यसले गर्दा नेपालको जलवायु परिवर्तनको परिणम स्वरुप जोखिमपुर्ण असरहरु र त्यसबाट ठुला–ठुला विपत्तिहरु आई पर्न सक्ने संम्भावना देखिन्छ । नेपालको औसत वार्षिक वर्षा पनि बढेको छ तर खण्ड वृष्टिका कारणले कुनै स्थानमा वर्षा घट्न गई सुक्खा बढ्दै गएको पनि छ । त्यस्तै मनसुनी बर्षा छिटो शुरु भई ढिलो अन्त्य हुने क्रम रहेको पाईएको छ । प्राकृतिक दृष्टिकोणले नेपाल वातावरण जलवायु परिवर्तनको असरप्रति अति संवेदनशील छ । नेपालमा प्रायः सबै प्रकारको हावापानी पाइने भएकोले जलवायुमा आउने कुनै पनि किसिमको परिवर्तनको असरबाट नेपाल प्रभावित हुन सक्छ त्यसरी नै नेपालको तापक्रम विश्वको औषत तापक्रम भन्दा द्रुत गतिमा बढ्दै गइरहेकोले त्यसको असर पनि बढी हुन सक्ने देखिन्छ । नेपाल भिरालो भौगोलिक बनोट र कोमल संरचनाका कारण जलवायु परिवर्तनका असरहरु प्रति अझ बढी संवेदनशील छ । पहाडमा भिराले जमिन हुनाले पहिरो जाने संम्भावना बढ्छ र बेसीमा बाढीको नकारात्मक असर पर्दछ । त्यस्तै छोटो समयको सुक्खाले पनि पहाडमा पानीको मूलहरु सुक्ने र तराईमा भुमिगत जलको सतह घट्न गई पानीको स्रोतको अभाव हुन जान्छ ।
वातावरणको परिवर्तनको कारण विभिन्न किसिमका प्रजातिहरु लोप हुँदै जाने खतरा बडेको छ । वायुमण्डलको तापक्रम बढेकाले बढी गर्मी क्षेत्रमा झारपात तथा रोगकिरा विस्तारै लेकतिर देखा पर्न थालेको पाइएको छ । जसले गर्दा जाडो ठाँउ वा लेकतिर पनि लामखुट्टे लाग्ने गरेको छ । जसले गर्दा त्यस ठाँउका मानिसहरुलाई पनि लामखुट्टेबाट सर्ने औलो तथा कालाजार रोगहरु लाग्न सक्ने सम्भावना बढेको छ । यिनै कारण बेसी तथा लेक क्षेत्रमा पाइने झार तथा किटाणु र अन्य वनस्पतिहरु त्यस क्षेत्रबाट उचाइको क्षेत्रमा सर्दै जाने गरेको पाइन्छ । यस किसिमको परिवर्तनले गर्दा त्यसममा आश्रित मानव समाज पनि प्रभावित हने छ । वातावरणको परिवर्तनको कारण विभिन्न किसिमका प्रजातिहरु लोप हुँदै जाने खतरा बढेको छ । वायुमण्डलको तापक्रम बढेकाले बढी गर्मी क्षेत्रमा झारपात तथा रोगिकिरा विस्तारै लेकतिर देखा पर्न थालेको पाइएको छ । जसले गर्दा जाडो ठाँउ वा लेकतिर पनि लामखुट्टे लाग्ने गरको छ जसले गर्दा त्यस ठाँउका मानिसहरुलाई पनि लामखुट्टेबाट सर्ने औलो तथा कालाजार रोगहरु लाग्न सक्ने सम्भावना बढेको छ । यिनै कारण बेसी तथा लेक क्षेत्रमा पाईने झार तथा किटाणु र अन्य बनस्पतिहरु त्यस क्षेत्रबाट उचाईको क्षेत्रमा सर्दै जाने गरेको पाईन्छ । हिमाली क्षेत्रको जैविक विविधता र जैविक स्रोत संकटमा पर्ने वा लोप हुने सम्भावना बढेको छ । यस किसिमको परिवर्तनले गर्दा त्यसमा आश्रित मानव समाज पनि प्रभावित हुने छ । वसन्त ऋतुमा फुल्ने बोटविरुवा साविकको भन्दा केही समय अगाडी फुल्ने गरेको अवस्था छ । त्यस्तै मनसुन वर्षा पनि औषतमा बढ्दै गएकोले यसबाट पहिरो बढेको र क्षति पनि बढ्दै जाने अवस्था छ । यसका नराम्रा असर यसरी देखिन्छ ।

ऋष्mिबतभ अजबलनभ तझउभचबतगचभ चष्कभस्( कभब(भिखभ िचष्कभ, उचभअष्उष्तबतष्यल अजबलनभ, म्चयगनजत बलम ायियमक,
वातावरण परिर्वतनले गर्दा पर्न सक्ने माथीका नकारात्मक प्रभावलाई ध्यानमा राखि राष्ट्रका प्रमुख अधिकारीहरुले प्रत्येक क्रियाकलापमा उपयुक्त मात्रामा वातावरण बिनाश कम गर्ने र संरक्षणतर्फ योगदान गर्न सक्रिय हुनुपर्ने आवश्यकता छ ।

क्ष्mउबअतक यल जगmबल बलम लबतगचब िकथकतझस्( ँययम बलम धबतभच चभकयगचअभक, भ्अयकथकतझ बलम दष्यमष्खभचकष्तथ, ज्गmबल कभततझिभलतक, ज्गmबल जभबतिज,
देशका जनता र समुदायहरुको आपनौ ज्ञान र परंम्परागत शैलिको समेत वातावरण व्यवस्थापन र विकासका लागि महत्वपुर्ण भुमिकाको लागी राज्यले उनीहरुको अस्तित्व, संस्कृती,स्वार्थ र उनीहरुको प्रभावकारी सहभागितालाई मान्यता दिदै दिगो विकासको अवधारण उपयोगगरी जनसंख्या र स्वास्थ्यलाई ध्यान दिएर मानव साधनको उचित ब्यबस्था अपनाउनु पर्छ ।

भ्mष्ककष्यल बलम अयलअभलतचबतष्यलस्( न्चभभल जयगकभ नबकभक, म्भउभितष्यल या यशयलभ बिथभच,
पृथ्वीको प्राकृतिक प्रणालीको संरक्षण गर्न सुरक्षा दिनु तथा भैतिक स्वरुपमा पवित्रता ल्याउन प्रत्येक राज्यले बिश्वब्यापी सहभागिताका आधारमा सहयोग आदान प्रदान गर्दे राज्यलाई साझा र उतरदाहित्व बनाउनको लागी बिशेषगरी बिकशित देशहरुले यो दाहित्व वहन गर्नु पर्छ दिगो बिकसको अन्तराष्ट्रिय खोज,बहन गर्ने क्षमता छ विकसित समाजले विश्व वातावरणीय नियन्त्रण गर्न प्राबिधिक र आथिक स्रोत सन्चालन गर्नको लागी विकासउन्मुख देशहरुको आत्मरक्षा गर्ने र पृथ्वीको ओजन तह संरक्षण गर्न उचित संरक्षण गर्न लगानी गनुपर्ने आवश्यकता छ ।

क्यअष्य(भअयलयmष्अ मभखभयिऊभलत उबतजकस्( भ्अयलष्mष्अक नचयधतज, त्भअजयलयनिथ , एयउगबितष्यल , न्यखभचलmभलतक,

सम्पुर्ण मानव समुदायको उच्च गुणस्तरीय जीवन र दिगो विकासलाई प्राप्तगर्न राज्यले नयाँ नयाँ प्रबिधि उत्पादन र उपयोग गर्ने पद्धतीलाई देशको जनसंख्यालाई उचित पद्धतिलाई अपनाएर उपयुक्त जनसंख्यीक नीतिहरुलाई अगाडी बढाउन देश सुहाउदो नीति र नियमहरु सरकारले अगाडी बढाउनुर्पछ । राज्यले आफ्नो प्राकृतिकस्रोतहरुको उपयोगकालागी वातावरण तथा विकास संम्वन्धी नीतिहरु तयार गर्न सार्वभौम गरिनु र्पदछ । तर एक राज्यका क्रियाकलापबाट अर्को राजयका जनताको वातावरणलाई खलवल्याउने कार्य भने र्गन पाइदैन भन्ने धारणलाई प्रत्येक राज्यले उत्तरदायी रुपमा लिएर कार्य गर्न अति नै आवश्यक पर्दछ । विश्वका बहुसंख्यक जनताको आवश्यकता परिपुर्ति गर्न गरिबी हटाउन तथा जीवनस्तर बीचको अन्तरलाई घटाउन सम्पुर्ण देश र जनताहरुले दिगो विकासको अवधारणालाई अपरिहार्य आश्यकताको रुपमा लिई सहयोग आदान प्रदान गर्नु पर्ने आवश्यकता पर्दछ । हाल भएको यस्तो परिवर्तन मानिसहरुको हेलचक्राई र अविवेकी व्यवहारको कारणले गर्दा सिर्जना भएको हो । यसको निराकरणको लागि पनि मानिसहरुले नै पहलगर्नु पर्दछ । यस्तो वातावरणको परिवर्तनमा सहज तरिकाबाट बाँच्नको लागी दुई प्रकारका उपायहरु छन् । पहिलो वायुमण्डलको हालको हरित गृह ग्याँसको मात्रा वा अनुपातमा कमी ल्याउनु र दोस्रो जलवायु वातावरण परिवर्तनले ल्याएको असरहरुलाई कम गरी त्यसको असरबाट जनजीवनमा आइपर्ने विपत्तिहरुको समाधान गरी जीवन पद्धतिलाई सहज बनाउनु पर्दछ ।

(ध्भ कगचभथि पलयध तजबत तजभचभ ष्क मभभउ चभबितष्यल दभतधभभल भलखष्चयलmभलत बलम जगmबल दभष्लन . ष धभ अयलतचय िउयउगबितष्यल नचयधतज चबतभ, भलखष्चयलmभलत धष्िि बकिय दभ ष्mउचयखभम बलम धभ अबल मभखभयिउ यगच षिभ कतबतगक बलम अयगलतचथ यतजभचधष्कभ तजभचभ धष्िि दभ चष्कप ायच ागतगचभ नभलभचबतष्यल
स्रोतः जनसंख्या, वातावरण र जलवायुसँग सम्बन्धित पुस्तक र पत्र पत्रिकारहरु ।
(लेखक सनसेफ सोलार एण्ड इन्भेष्टमेन्ट कम्पनीका कार्यकारी निर्देशक हुन ।)