नेपाली पर्यटनको अवस्था


मोहन बानियाँ

नेपाली पर्यटनको बिकासलाई हेर्दा यसको इतिहाँस धेरै प्राचिन  नभए पनि धार्मिक पर्यटनको रुपमा केही पौराणीक गाथा बोकेको पाईन्छ । भारतीय हिन्दु र बुद्ध धर्मावलम्बीहरु नेपालको पशुपतिनाथ र लुम्बिनी लगाएतका चैत्य, बिहार, मठ, मन्दिरहरुमा देवी  देवताको दर्शन गर्न नेपाल आउने गरेको पाईन्छ ।  पाँच हजार बर्ष पूर्ब भारतबाट ऋषि–मुनीहरु सुन्दर मनोरम नेपाली भुमिमा आई तपोभूमिको रुपमा तपस्या गर्दै आइरहेको पौराणीक धर्मशास्त्रको इतिहाँसमा पाउछांै । त्यस्तै गरी राजा–रजौटाहरु गर्मीयाममा सयर गर्न नेपाल आउँथे । चिनको तिब्बतबाट भगवान बुद्धका अनुयायी बौद्धभिक्षुहरु नेपाल आउने गरेको पाइन्छ । त्यस्तै अरनीको चिनमा गई आफ्नो कला प्रदर्शन गरी चिनियाँहरुलाई लोभ्याएका थिए । यस्तैखालका  पौराणीक नेपाली कला–शैली बिदेशीहरुको मन तान्ने तत्वको रुपमा परिचित हुँदै आएका छन् । पौराणीक कालमा पाण्डवहरुले गुप्तवासको रुपमा नेपालका धेरैे ठाँउहरुमा कुवा, गुफा, देवल, मठ, मन्दिर बनाएको पाईन्छ, भारतका हिन्दु धर्मावलम्वीहरु भारतमा रहेका चार वटा धामको तिर्थ यात्रा गरी सकेपछी  अन्त्यमा पशुपतिनाथको दर्शन अनिवार्य गर्ने हिन्दु परम्परा भएकाले पनि पौराणीक कालदेखी नै धार्मिक पर्यटकहरु नेपाल आउने गरेको पाईन्छ । जस्तै पौराणिककालमा प्रख्यात चिनियाँ यात्री हु यान साङ नेपाल यात्रामा आएका थिए, यिनी सबै पौराणीक र धार्मिक पर्यटनको रुपमा लिन सकिन्छ । यस्तै सन्दर्भमा स्वीजरल्याण्डका विश्व प्रख्यात भु–गर्भशास्त्री टोनीहेगनले भन्नु भएको छ ‘जहाँ प्राकृतिक सुन्दरता हुन्छ त्यहाँ मानिस हुन्छ । जहाँ मानिस हुन्छ त्यहाँ प्राकृतिक सुन्दरता चाहिन्छ’ भु–गर्भशास्त्री टोनीहेगनको भनाई अनुसार विश्वमा प्राकृतिक सुन्दरता र पर्यावरणीय हिसाबले स्वीजरल्याण्ड संसारकै सुन्दर देश हो, तर टोनीहेगनको भनाइमा नेपाल जति सुन्दर छ, स्वीजरल्याण्ड त्यति सुन्दर छैन । नेपालका कतिपय भु–भागहरु प्राकृतिक कोखबाटै सजिसजाउ भएर आएका छन् । तिनलाई केही पर्यटकीय पूर्वाधार निर्माण गरेपछी मात्र पुग्नेछ । विश्वका पर्यटकहरुको मन तान्ने, मन लोभ्याउने र प्रभाव पार्ने खालका नेपालका यी पर्यटकीय गन्तब्य स्थलहरु रहेकाछन ।
पर्यटकहरुको मन लोभ्याउने प्राकृतिक सुन्दरताले भरिपूर्ण मनोरम दृष्य, विश्वकै अग्ला हिमशिखरहरु, हजारांैको संख्यामा रहेका चाँदीका मालाजस्ता हिमचुलीहरु, उच्च हिमशिखरबाट बगेका हिम नदीहरु, बिभिन्न आकार प्रकारका ताल, पोखरीहरु, हजारांै फिट उचाई बाट झरेका झरनाहरु, विविध हावापानीबाट हुर्केका विभिन्न प्रजातिका बनस्पति र बुट्यानहरु, उत्तरी भागमा रहेका चुन र बुकी घाँसका घाँसे मैदानहरु, हजारौ  प्रजातीका फूलका भ्याली र असंख्यक बहुमूल्य जडीबुटी भएका भ्यालीहरु, विभिन्न दुर्लभ चरा र बन्यजन्तुहरुको बासस्थान, मौसम अनुसार बसाइ–सराइ  गरेर आउने आगन्तुक चराहरु, उत्तरी भागबाट बगेका नदीनालाहरु, तातो पानीका मुहानहरु, बिभिन्न आकार प्रकारका गुफाहरु, ऋषी मुनीहरुको तपोभुमी, भगवान बुद्धको जन्म भुमी नेपाल,  पुरातात्वीक पौराणिक चैत्य,मठ मन्दिरहरु, अनि नेपाली भेष भुषा, सस्तो  बसाई, खान पान, मिजासिलो नेपाली शैली, बिबिध खालका जातजाति भाषा–शैली र समुदायका मानिसहरुको बसोबास र विविध खालको धर्म संस्कृती, संसारकै अग्लो ठाँउ बाट प्याराग्लाइडिङ, रक क्लाइम्वीङ, स्नो स्की खेल, हर्ष राइडिङ, ¥याफ्टीङ, उच्च हिमाली दौड लगायत सबै नेपाली पर्यटनलाई टेवा पु¥याउने उचित महत्व बोकेका प्रभाव पार्ने  तत्व  हुन् ।
नेपाली पर्यटनको विकासलाई   विश्वसामु पहिचान गराउने लक्ष्य लिएर  १६ बर्ष पहिले  तत्कालीन श्री ५ को सरकारले नेपाल भ्रमण बर्ष १९९८ ९खष्कष्त ल्भउब िज्ञढढड० को आयोजना गरेको थियो । जसको आयोजक नेपालका बरिष्ठ पर्यटन व्यवसायीे कर्ण शाक्य हुनुहुन्थ्यो । भ्रमणबर्ष लगत्तै नेपाल पर्यटन बोर्डको गठन गरिएको थियो । यसको उद्देश्य नेपाली पर्यटनलाई  विश्वका धेरै देशहरु सामु परिचय गराउन र व्यव्स्थित ढंगले पर्यटन योजना बनाई पर्यटनको प्रबद्र्धन र बिकास गर्नु  यसको मुल–मर्म रहेको थियो ।
यसै क्रममा नेपालमा लाखौंँ पर्यटकहरुको ओइरो लागेको थियो । जसले गर्दा स्वदेशी पर्यटन व्यवसायीहरुले पनि पर्यटनको माध्यमबाट नेपाली पर्यटनको प्रबद्र्धन र बिश्वसामु परिचय दिलाउने मौका पाउनुको साथै  विदेशी मुद्राआर्जन गर्ने मौका पाएका थिए । राज्यको आन्त्रिक कोष बृद्धि मा समेत टेवा पुगेको थियो । प्राकृतिक मनोरम दृश्यको गन्तव्य स्थान हाम्रो देश नेपाल विश्वका पर्यटकीय गन्तब्य मुलुकहरु मध्ये पर्यटन क्षेत्रमा एक अब्बल हैसियत राख्ने मुलुकको रुपमा परिचित छ । अधिकांश देशहरुमा मानव निर्मित पर्यटकीय स्थलहरुको निर्माण गरि आन्तरिक पर्यटनको विकास भएको छ । जसको माध्यम बाट नै त्यो देशले  विकासको फट्को मारेको अबस्था छ ।  हाम्रो देश नेपालमा त्यो अबस्था छैन । प्रकृतिको वरदानका रुपमा जन्मिएका पर्यटकिय स्थलहरुको  पूर्वाधार निर्माण गरि उचित व्यवस्थापन गर्न सकेको खण्डमा हाम्रो मुलुकमा पर्यटनको विकासले फट्को मार्नेछ ।  साथै आवश्यक स्थानहरुमा मानव निर्मित संसाधनको विकासको माध्यमबाट नेपाली पर्यटनको विकास गर्नुपर्ने अवस्था पनि त्यतिकै टट्कारो रुपमा देखिएको छ ।

नेपाल सरकारले पर्यटन नीति मा ल्याउनु पर्ने सुधारहरु
नेपाल सरकारले गुरु योजनासहितको  पर्यटन नीति ल्याएको भएता पनि नेपालमा रहेका अति महत्वपूर्ण पर्यटकीय स्थानहरुको अझै खोजविन गर्न सकिराखेको छैन । पर्यटकीय क्षेत्रको लगत राख्ने काम पनि नयाँ पर्यटकीय स्थलहरुलाई महत्व दिएको छैन । पुरानै पर्यटकीय स्थलहरुको मात्र लगत राखिएको छ । प्रचार प्रसारमा आईसकेका स्थानहरुको पनि उल्लेखनिय पर्यटन प्रबद्र्धन गर्न सकिराखेको छैन । सुगम ठाँउमा सरकारको नजर पुग्ने गरेको छ । त्यो ठाँउमा मात्र केही पर्यटनको पूर्वाधार निर्माण गरेको र प्रचार–प्रसार भएको  देखिन्छ । राज्यको दुर–दराजमा रहेका अति नै मनमोहक पर्यटकिय स्थानहरुको विकास र प्रचार–प्रसार फिटिक्कै भएको छैन । सरकारले ग्रामिण पर्यटनको विकासमा जोड दिनुका साथै एक घर, एक पर्यटन नीतिको कार्यक्रम ल्याउनु पर्दछ । सबै ठाँउका पर्यटकिय स्थलहरुको मध्यनजर राखि पर्यटन सञ्जाल निर्माण गरिनु पर्दछ । नेपाल पर्यटन बोर्डमा क्षेत्रगत आधारका हिसाबले पर्यटन क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुबाट समानुपातिक ढंगले बोर्ड सदस्यमा मनोनित गरिनुपर्दछ । नेपालका उत्तरी भेगमा रहेका प्रतिबन्ध लगाइएका जति ठाँउहरुछन् तिनी सबै ठाउँहरुमा पर्यटन सुरक्षा संयन्त्र बनाई ति क्षेत्रहरु खुला गरिनुपर्दछ । तिनी क्षेत्रहरुमा सरकारले लगाउँदै आएको महंगो कर विदेशीहरुलाई शुलभ गरिनु पर्दछ । पर्यटकिय क्षेत्रहरुका वस्तीहरुमा अनिवार्य रुपमा होम गार्डेनको व्यवस्था गरिनुपर्दछ । राज्यका जति पनि पर्यटकिय क्षेत्रहरुछन् ति ठाँउहरुमा अनिवार्य रुपमा आवश्यकिय पर्यटकिय पर्वाधार विकास गर्ने नीति बनाइनुपर्दछ ।  राज्यको प्रमुख आयश्रोत नै पर्यटन व्यवसाय हुने भएको हुँदा बृहत पर्यटन गुरुयोजना ल्याउनु पर्दछ । दुरदराजमा रहेका पर्यटकीय स्थलहरुलाई  पर्यटन बोर्डको कार्यक्रममा मात्र सिमित राखिएको छ, खासै यसको प्रवद्र्धन हुन सकिराखेको छैन । त्यसकारण स्पस्ट रुपमा बृहत पर्यटन नीति थप परिमार्जन सहित आउनु पर्दछ ।

पर्यटन प्रबद्र्धन बिकास समितिको गठन
प्रकृयामा ल्याउनु पर्ने सुधारहरु
पर्यटन प्रवद्र्धन विकास समिति गठन प्रकृयामा सरकारले मापदण्ड तोकेर नै गठन गर्ने प्रकृया गरेको भएता पनि गठन प्रकृया गलत ढंगबाट गरिएको छ । पर्यटन क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरु र संघ संस्थाहरु र क्षेत्रगत आधारबाट नेपालको जुनसुकै भु–भागमा रहेका पर्यटन क्षेत्रबाट समानुपातिक प्रतिनिधित्व हुनेगरी गठन नगरी मनोगत आग्रह र कृपाको आधारबाट समिति गठन गरिएको छ । यसरी नभै बिना आग्रह र पूर्वाग्रही स्वच्छ पारदर्शि ढंगले सबै क्षेत्रका व्यक्तिहरुको प्रतिनिधित्व हुनेगरी गठन गरेको खण्डमा त्यस क्षेत्रको पर्यटन विकासमा उचित टेवा पुग्नेछ । त्यसै क्षेत्रको व्यक्तिले जतिको चासो देखाउनु पर्ने हो त्यति चासो अर्को क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्तिले गर्न सकिराखेको छैन । यसमा सुधार ल्याउनु पर्ने देखिन्छ  ।

सरकारबाट गठन गरिएको पर्यटन प्रवद्र्धन
विकास समितिको कमाल
नेपाल सरकारले नेपालका आठ वटा क्षेत्रमा पर्यटन प्रवद्र्धन विकास समिति गठन गरेको थियो । जुन ठाँउमा सरकारले समितिका पदाधिकारीहरु गठन ग¥यो, तिनिहरु जतिछन् विसुद्ध राजनीतिक कार्यकर्ता मात्र हुन्, यिनीहरु न त पर्यटन व्यवसायी हुन् न त पर्यटन क्षेत्रमा योगदान पु¥याएका व्यक्ति हु्न, जुन व्यक्तिलाई पर्यटनको बारेमा कुनै पनि जानकारी छैन, त्यस्ता व्यक्तिहरुले के  पर्यटनको प्रवद्र्धन गर्लान् ? र पर्यटन फस्टाउला ! सरकारले ति आठ वटा क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि करोडौं रकम विनियोजन गरेको थियो । विनियोजित रकम कुनैपनि योजना मुताविक नभै हचुवाका भरमा पर्यटनमा फाइदा नपुग्ने खालका योजनाहरु छानेर प्रायजसो बाटो बढार्ने र सर्भेका नाममा रकम हिनामिना गरेका छन् । कतिपय ठाँउमा त काम नै नगरी निकासा रकम सोझै संयोजकले उपभोक्ता समिति गठन गरि बैंकबाट बिना प्रकृया भुक्तानी लिएका छन् । यसको निगरानी गर्न के प्रक्रिया सरकारले अपनाएको छ ? कार्य सम्पादन निर्देशिका बनाइएको छैन । काम कतै नभै’कन सबै जिल्लाहरुमा व्यापक रकम दुरुपयोग भएको छ । यसरी गठन गरिएको पर्यटन प्रबद्र्धन समितिले सरकारलाई कस्तो खालको उपलब्धी हाँसिल ग¥यो होला ? यो काम पर्यटन प्रवद्र्धनको भावना विपरित भएको छ ।

पर्यटन  बर्ष २०११
नेपाल सरकारले पर्यटन गन्तव्य बर्ष २०११ लाई लक्षित गरी “पर्यटन समृद्धिका लागि, समृद्धि स्थायित्वका लागि” भन्ने नाराका साथ दश लाख पर्यटकहरुलाई नेपाल भित्र्याउने  भन्ने सोच राखेर भ्रमण बर्ष को तयारी गरीएको थियो । नेपाल भरी रहेका पर्यटकिय गन्तव्य स्थलहरुको  खोजविन र अध्ययन–अनुसन्धान गरि लगत राख्ने साथै त्यसको प्रवद्र्धन र आवश्यकिय पूर्वाधार निर्माण प्रचार–प्रसार गर्नका लागि विशेष पर्यटन योजना अगाडि बढाइएको थियो । जसले विदेशी पर्यटकहरु नेपाल आए र नेपालको आन्तरिक आय श्रोतमा केहि टेवा पुग्यो । जसले गर्दा नेपालको पर्यटन व्यवसाय केहि फस्टायो । त्यसै सन्दर्भमा सरकारले ल्याएको योजना सुन्दर र कागजमा चिटिक्क परेर आएको भएता पनि व्यवहारमा खासै परिणाममुखी भएको थिएन । पर्यटन बोर्डले यसको हवाला दिएको थियो । खासै उल्लेख्य प्रगति देखिएको थिएन । पर्यटन गन्तव्य बर्षको सुरु भइसकेको थियो । त्यसको तयारी भने खासै हुनु पर्नेजति भएको थिएन । राजधानीका गल्ली–गल्लीमा फोहोरका थुप्राहरुले पुरै शहर दुर्गन्धित भएका थिए । सडकहरुमा खाल्टै–खाल्टा परेको अवस्था थियो । सडकका पेटी आस–पास केशव स्थापित मेयर हुँदा रोपेका फूलका वाटीकाहरुको नाम निसाना समेत  थिएन । विभिन्न ठाउँमा रहेका प्रवेशद्वारहरु भ्रमण वर्षको मुखैमा आएर मात्र रङ्रोगन लगाउने काम थालनी गरिएको थियो । गुण्डागर्दी र ठगीले गर्दा पर्यटकहरुले राम्रो सुरक्षाको अनुभूति गरेका थिएनन् । नेपालीहरुको वानी “जब प¥यो राती तब बुढी ताती” भनेझैं गन्तव्य वर्षकै मुखमा आएर सडक छेउछाउमा रङ्रोगन मात्र गरेर हँुदैन थियो, पर्यटकहरु स्वच्छ बातावणमा बस्न र घुम्न रुचाउँथे । पर्यटकहरुले दुःख पाएभने फेरि कहिलै पनि फर्केर आउँदैनन् । खाली रमणियस्थल मात्र भएर पुग्दैन । सुरक्षाको अनुभूती र  आवश्यक पर्ने सुविधा र पुर्वाधारहरु निर्माण हनुपर्दथ्यो । त्यस्तै राजधानी वाहिरका पर्यटकिय स्थलहरुमा पर्यटन मार्ग थिएन । कुनै पुर्वाधारको निर्माण गरीएको थिएन । पर्यटकलाई कसरी नयाँ ठाउँहरु अवलोकन गराउने भन्ने कुराको ख्याल नै गरिएको थिएन । पर्यटकहरुले अवलोकन गरि राखेका स्थानहरुमा मात्र पर्यटकहरु गएर पुग्दैन थियो, जतिको नयाँ ठाँउहरु देखाउन सक्यो त्यति नै पर्यटकहरु मनमोहित र खुसी हुन्छन् । पर्यटन बर्ष २०११ ले नेपालकै सुन्दर ताल मुगु रारा, कालिकोट जिल्लाको राम्नाकोट गा.बि.स.मा पर्ने नेपालकै सबभन्दा अग्लो झरना, से–फोक्सुन्डो ताल डोल्पा, रामारोशन अछाम, मालिका पाटन बाजुरा, खप्तड लगायत पूर्ब मेचि देखी पश्चिम महाकाली सम्मका असंख्यक मनमोहक पर्यटकिय स्थानहरुलाई पर्यटन बर्ष २०११ ले कुनै पनि सकारात्मक प्रभाव पारेको थिएन ।
भ्रमण बर्षका लागि नेपालका साना होटल देखी पाँच तारे होटल सम्म कोठाहरु अग्रिम बुकिङ फूल भएको भयको अवस्था भए पनि राजधानी लगायत पोखरा, सौराहा, नाम्चे, लुक्लाका होटलहरु प्याक भएर मात्र पुग्ने थिएन, देशभरिका पर्यटकिय क्षेत्रहरुलाई समेत समेटेर आन्तरिक पर्यटन र ग्रामीण पर्यटनलाई जोड दिनुपदथ्यो, यसको यथोचित  विकास गर्न सकेको खण्डमा मात्र ग्रामिण जनताको आय स्रोतमा बृद्धि हुन्थ्यो र पर्यटन व्यवसाय मार्फत् गरिबी  न्यूनीकरण हुन्थ्यो । पर्यटनको माध्यमबाट जनताको जीवनस्तर उकास्ने काममा टेवा पुग्नेथियो । यस भ्रमण बर्ष २०११ लाई ब्यापक तयारी गरिनुपर्ने थियो तर दुर्भाग्यवस देश राजनीतिको घनचक्करमा फसेको थियो । भ्रमण बर्षलाई ओझेलमा पारिएको थियो । भ्रमण बर्षकै मुखमा आएर माओवादीहरुले जनविद्रोह गर्ने भनेका थिए । यसले गर्दापनि पर्यटकहरुलाई आतंकित वनाउने काम गरेको थियो ? राष्ट्रपति र मन्त्री महोदयले पर्यटन बर्ष उदघाटन गरेर मात्र भ्रमण बर्षको उद्देश्य पुरा हुँदैन थियो ।
सर्बप्रथम प्रयटकिय पूर्वाधारहरु निर्माण हुन जरुरी थियो, पूर्वाधार विनाको पर्यटन व्यवसाय फस्टाउँदैन थियो । पर्यटनको हिसावले गन्तव्य मानिएका विभिन्न देशहरुमा विविध खालको पर्यटन व्यवसाय छ । जस्तै विश्वमा नैे यौन पर्यटनमा प्रख्यात मानिएको जमैका र थाइल्याण्डमा यो व्यवसायबाट धेरै नै राज्यलाई आय भएको छ । एक पटक जमैका र थाइल्याड पुगेका महिला होस् या पुरुष होस् उसलाई फेरि जमैका र थाइल्याण्ड जान मन लाग्दछ । किनभने जमैका र थाइल्याण्डको  झझल्कोले कहिलै पनि छाड्दैन । हाम्रो देशमा त्यस्तो खालको पर्यटन व्यवसाय गर्नुपर्ने अवस्था छैन । प्रकृतिको गर्भबाटै जन्मिएका स्थलहरुलाई प्राकृतिक पर्यावरणीय पर्यटन र धार्मिक पर्यटनको माध्यमबाट पर्यटकको मनलाई निरन्तर तानीरहने पर्यटकीय पुर्वाधार निमाण गरे मात्र पुग्नेछ । केही मानव निर्मित पर्यटकीय संसाधन को निर्माण पनि गर्नुपर्ने देखिन्छ ।
यसरी यो क्षेत्रको सुधार गरेको खण्डमा अनि विश्वका पर्यटकहरुको ओइरो नेपाल तिर लाग्नेछ । यसकै नियमित आयस्रोतबाट देश चल्नेछ र देश समृद्ध हुनेछ । भ्रमण वर्षमा  १० लाख विदेशी पर्यटकहरु नेपाल भित्र्याउने सरकारको लक्ष्यलाई पूरा गर्न सकिएको थिएन भने पर्यटन वर्षको सपना पनि पूरा हुन सकेको थिएन । यसमा सबै क्षेत्र तह र तप्काको आवश्यक सहयोगको खाँचो अनिवार्य थियो । विदेशी पर्यटकहरुलाई नेपाल भ्रमण गरिसकेपछी नेपाल भ्रमण पछिको सकारात्मक प्रभाव पार्नु नै भ्रमण बर्षको आन्तरिक मर्म थियो ।

पर्यटन गन्तब्य बर्ष नेपाल
नेपाली पर्यटन व्यवसायलाई विश्व सामु प्रख्यात र परिचित गराउन पर्यटकीय पुर्वाधारहरु निर्माण नगरीकन पर्यटन व्यवसाय फस्टाउन सक्दैन, पर्यटनलाई योजनाबद्ध ढंगले यसको प्रबद्र्धन खोज अनुसन्धान नगरीकन गन्तब्य बर्षको लक्ष्य पुरा हुन सक्दैन । नेपालका उच्च हिमशिखर, प्राकृतिक मनोरम दृश्य, स्वच्छ हावा पानी, सस्तो बसाई र खान पिन, नेपाली शैलीको अतिथि सत्कार, पौराणि नेपाली जिवनशैली र संस्कृति, भगवान गौतम बुद्धको जन्म भुमि, पशुपतिनाथ, छायानाथ, मुक्तिनाथ बौद्ध स्तुपा, स्वयम्भुनाथ जस्ता थुप्रै धार्मिक शक्तिपिठहरु धार्मिक पर्यटनका आधार स्तम्भ हुन यिनैलाई व्यवस्थित गरी आवश्यक पूर्वाधार निर्माण गर्न सकेको खण्डमा पर्यटन गन्तब्य बर्षलाई सहयोग पुग्ने थियो र सफल हुने थियो ।
(सांसद, नेकपा एमाले)