राउटे मुखियालाई कर्णाली राजमार्गको चिन्ता
रमेश रावल
कालिकोट । ‘दाडेमस्टो’ देउताको पुजाका लागि नै राउटे मुखिया मैनबहादुर शाही खर्च जुटाउ कालिकोट सदरमुकाम मान्ममा आइपुगेका छन् ।
मंसिर १५ गते हुने ठूलो तिहार ‘दाडेमस्टो’ देवताको पुजाका लागि खर्च जुटाउन उनी कालिकोट आइपुगेका हुन् ।
मुखिया शाही कर्णाली राजमार्गको दराअवस्था देखेर चिचिन्त समेत देखिएका थिए । उनले कर्णाली राजमार्गको दुराअवस्थाबारे प्रमुख जिल्ला अधिकारीलाई समेत बिजयनाराण मानन्धरलाई समेत भेटेर राजमार्गको बारे दुराअवस्थाको बारेमा पनि जानकारी गराएका थिए ।
‘राजमार्ग अप्ठयारो रहेछ, सडकबाट गाडी खस्ने डर छ ।’ शाहीले प्रजिअ मानन्धरलाई भने,–‘गाडीमा चढेर आउने हो कति बेला दुर्घटना हुने हो भनेर डर लाग्दो छ ।’
राउटे मुखिया शाहीले आफु कर्णाली राजमार्गमा गाडीमा आउँदा राती गाडी चढ्न डर लागेर दुई दिन दिउसो मात्र गाडी चढेर आएको बताए । ‘राती गाडी चलाउन दिनुभएन ।’ प्रजिअलाई भेटेर नै मुखिया शाहीले भने,–‘ हजुरले पनि राती चलाउन नदिने पहल गनुप¥यो ।’
मुखिया शाहीले आफ्ना अरु टोलीलाई राराको पानी लिन पठाएर आफु कालिकोटमा चाडको रकम उठाउन आएको बताए । ‘चाड आयो पैसाको जोहो गनुप¥यो ।’ शाहीले भने,–‘परिवार ठुलो छ । खर्च जुटाएन भने कसरी पाल्ने ?’
कालिकोट सदरमुकाममा खर्च जुटाउन आएका मुखिया शाहीले, जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी, जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी टिकाराम ज्ञवालीलाई समेत भेटेर खर्चको जोहो गर्न आग्रह समेत गरेका थिए । मुखिया शाहीले प्रमुख जिल्ला अधिकारी बिजयनारायण मानन्धरलाई भेटेर खर्च ब्यवस्था मिलाई दिनुप¥यो भनेर आग्रह गरेका थिए । ‘खर्च मिलाउनु प¥यो । हजुरले भन्यो भने केही हुन्छ ।’ उनले भने,–‘तपाईले मिलाउनु भएन भने कसरी जाने ।’
राउटे मुखिया शाहीले आफ्ना सचिव शिवराज शाहीलगायत तीन जनाको टोलीलाई जुम्ला हुदैँ राराको पानी लिन पठाएको समेत बताएका छन् । बिहीबार नै दैलेखको डुङ्गेश्वरबाट हिडेको, त्यो टोलीले चाडबाड खर्च मुगु र जुम्लामा आर्थिक सहयोग माग गर्ने योजना रहेकोे वताए । उनले भने, ‘राउटे जातिको ठूलो तिहार दाडेमष्टो चाडका लागि प्रतिव्यक्ति ६ देखि ७ हजारसम्म खर्च हुने भएकाले बाटोमा आर्थिक संकलन गर्दै रारा पुग्ने छ ।’
राराको पानी लिएर आफ्ना बालबच्चालाई खुवाउने राउटेको योजना रहेको पनि राउटे मुखिया शाहीले बताए ।
जुम्ला पुगेको राउटे सचिवको टोलीलाई आर्थिक संकलन एवं सहजीकरण गर्नका लागि जिल्ला विकास समितिले जुम्लाले एक जना कर्मचारीलाई खटाइको समेत जनाइएको छ । राउटे मुखिया शाहीले कालिकोट जिल्लाका सरकारी कार्यालयमा देउताको पुजा खर्च जुटाउन आएको भएपनि आफुलाई यहाँका सरकारी कार्यालयहरुले सहयोग नगरेको आरोप समेत लगाएका छन् । ‘पुजाका लागि खर्च जुटाउन यहाँ आएको हुँ ।’ मुखिया शाहीले भने,–‘यहाँका सिडियो सावले नै सुको पैसा दिएनन् । अरु के दिने थिए ।’ पुजाको लागि पैसा उठाउन कालिकोट सदरमुकाम आएका मुखिया शाहीले यहाँ रकम जुटाउन नसेकेपछि कालिकोटबाट अछाम तिर लागेका छन् ।