मुगुमा औलोको महामारी

विश्वले मलेरिया उन्मुलन दिवश मनाईरहेको र नेपालमा मलेरिया नियन्त्रण कार्यक्रम चलिरहेका बेला मुगुमा औलो रोग देखा परि महामारीको रुप लिएको छ ।

 

‘त्यहाँ हामीले मलेरियाको लक्षण देखिने बित्तिकै हामीले यहाँबाट टोली खटाईसकेका छौं’ जिल्ला अस्पताल मुगुका डा जितेन्द्र कंडेलले भने ‘जाँचपड्तालको क्रममा ३०० घरधुरीमा थि जाँच गरेका थियौं । उपचारमा खटेका स्वास्थ्यकर्मि ज्ञानसिहँ बुढाका अनुसार त्यहाँ औलो ज्वरो बाट १५ जना बिरामी भएको टोलीले पत्ता लगाई उपचार गरिसकेको बताए । त्यहाँ टोली रहँदासम्म समुदायलाई औलो रोग सम्बन्धि सामुहिक छलफल दिदै अब देखि सबैले अनिबार्य झुल हालेर सुत्न भनि सम्झाएको जानकारी दिए ।

यो रोग एनोफेलिज जातको पोथि लामखुट्टेले मानिसलार्इ सार्छ । रोगि मानिसलाई टोकेर निरोगी मानिसलाई टोकदा यो रोग सर्ने गर्छ । १–२ बिराएर ज्वरो आउने, शरीर जाडो तथा कम्प हुने, तातो वा ज्वरो आउने, पसिना आउने, बिरामी छट्पटाउने तथा अचेत हुनेजस्ता चिन्ह तथा लक्षण देखिन्छन् ।