मैले रगत दिनु पर्थ्यो …………..
केशव निमेष, कोहलपुर

जे पर्थ्यो त्यहि टर्थ्यो, देश दुखेको बेला !
मैले रगत दिनु पर्थ्यो, देश दुखेको बेला !!
अब म कुन अर्थमा गजल लेख्न छोडिदिउँ
गजलले पनि केहि गर्थ्यो, देश दुखेको बेला !
हरेक दिन तिमीलाई तरकारी कै पिर हुन्छ
मेरो पुर्खा भोकै लड्थ्यो, देश दुखेको बेला !
आउ एक पटक जुरुक्क उठाउँ यो देशलाई
एक ईतिहास साक्षी बन्थ्यो, देश दुखेको बेला !
मेरो लागि दिने ज्यान यो देशलाई देऊ बरु
कमसेकम यो माटो बच्थ्यो, देश दुखेको बेला !