गजल/केही गुमाउन सिक्नुस् …………………….

हिरा शाही, कालिकाेट । हाल, मलेसिया

आफुले बुझ्नुहोस् अरुलाई बुझाउनु पहिले
केही गुमाउन सिक्नुस् केही पाउनु पहिले

 

यावत पापका भारी बोकिसकेका छन् मान्छेले
मन्दिर जानु र पशुको बलि चढाउनु पहिले

 

तिमिलाई मैले राम्रोसँग बुझिसकेको थिएँ
तिम्रा तमाम चिट्ठी र फोटा जलाउनु पहिले

 

यहाँ त श्रम गर्दागर्दै जिन्दगी लिलाम हुन्छ
धेरै सपना नबुन्नु, खाडी आउनु पहिले

 

राजनीति गर्नेको अरु उद्देश्य नहुने रहेछ
सात पुस्तालाई पुग्ने धन नकमाउनु पहिले