स्थानीय तहमा नयाँ फर्निचर र गाडी खरिद रोकिने

 

 
जेठ २४, बिहीबार २०७५ 
 

काठमाडौं – संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहलाई सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारीता कायम गर्न देशभरका स्थानीय तहलाई निर्देशन दिएको छ । 

मन्त्रालयले देशभरका जिल्ला समन्वय समिति, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई मन्त्रिपरिषद्बाट स्वीकृत भएको सार्वजनिक खर्चमा मितव्ययीता र प्रभावकारिता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शन कार्यान्वयनका लागि निर्देशन दिएको हो ।

मन्त्रिपरिषद्ले स्विकृत गरेको सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने सम्बन्धी नीतिगत मार्गदर्शन यसअघि विभिन्न मन्त्रालयमा भने लागू गर्ने निर्णय भैसकेको छ । मन्त्रालयको यो निर्णयसँगै अब स्थानीय तहले उक्त मार्गदर्शनमा भएका व्यवस्था पालना गर्न अनिवार्य हुनेछ ।आजको नागरिक दैनिकमा समाचार छ ।