काग्रेस जिल्ला सभापतिहरुको भेला आजबाट हेटौडामा, सुरु हुदै

हेटौडा, ५ असार
नेपाली काग्रेसको जिल्ला सभापतिहरुको भेला आजदेखि हेटौडामा सुरु हुँदैछ ।

बिहान ११ बजे हेटौडाको पल्पसा सभाहलमा उद्घाटन हुने भेलामा मुख्य गरि तीन बिषयमा छलफल केन्द्रित हुने

काग्रेस प्रवत्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
भेलामा पार्टी संगठन, पार्टी विधान र वर्तमान राजनीतिक परिस्थितिबारे जिल्ला सभापतिहरुले प्रतिवेदन पेश गर्नेछन् ।
बन्दशत्र भने भोली बिहानबाट सुरु हुने पनि प्रवत्ता शर्माले जानकारी दिनुभयो ।बन्दसत्रमा जिल्ला सभापति र केन्द्रीय सदस्य सहभागी हुनेछन्।

काग्रेसभित्र तीव्र गुटवन्दी मौलाईरहेका बेला नेतृत्वले जिल्ला सभापति भेलामार्फत पार्टीभित्र आन्तरिक एकताको सन्देश दिने प्रयास गर्ने बताईएको छ ।

तर भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला सहितको समुहले पार्टी सभापति शेरबहादुर देउवाको तिब्र आलोचना गर्ने तयारीमा रहेको नेताहरु बताउछन् ।
 तर देउवा पक्षीय नेताहरु भने त्यसलाई रोक्ने प्रयासमा हुनेछन् ।तीनदिने भेला आगामि बिहिवार सकिनेछ।