प्रधानमन्त्री ओली १सय १९जनाको जम्बाेे टोली सहित  अाज चीन जाँदै

५असार २०७५मंंगलबार 

काठमाडौँ, ५ असार । प्रधानमन्त्री केपि शर्मा अाेली चीनको ६ दिने औपचारिक भ्रमणमा जाँदै छन् । ओलीको भ्रमणका वेला चीनसँग कृषि, ऊर्जा, रेललगायतक्षेत्रमा सम्झौता गर्ने नेपालको तयारी छ । प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे आइतबार पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श लिएका थिए । उनले भ्रमणबारे सोमबार संसदलाई जानकारी गराएका थिए ।

ओली मंगलबार जम्बो प्रतिनिधिमण्डलसहित चीनको औपचारिक भ्रमणमा जाँदैछन् । उनको जम्बो टोलीमा एक सय १९ जना सदस्य रहनेछन् ।
टोलीमा प्रधानमन्त्री ओलीका साथै पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्युतप्रसाद मैनाली र निजी सहयोगी राजेश शाक्य रहेका छन् ।

टोलीमा जनार्दन शर्मा, जयपुरी घर्ती, विशाल भट्टराई, प्रेमबहादुर आले, राजेन्द्रकुमार केसी, निर्जला राउत, पार्वती डिसी चौधरी, नैनकला ओझा र सुरेन्द्रकुमार यादवसहितका सांसदहरू चीन रहेका छन् ।