अाेलीले अाफ्नाे हैसियत जाेगाएर बाेल्यकाे भए हुन्थ्यो :गजुरेल

काठमाडौं, असार १०। देशभक्त जनगणतान्त्रिक मोर्चाका नेपालका अध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणका बखत ‘चीन–भारतका बीचमा राम्रो सहकार्य होओस्’ भनी बोलेका कुरा अन्तर्राष्ट्रिय कूटनीतिक मर्यादाविपरित भएको बताएका छन् । गजुरेलले  कुराकानीका क्रममा उक्त विचार व्यक्त गरेका हुन् ।

उच्चस्तरीय वार्ताका क्रममा प्रम ओलीले नेपालको चासो झैं गरी उक्त कुरा व्यक्त गर्नुले उनको कूटनीतिक काचोपन सतहमा आउँछ भन्दै गजुरेलले भने– ‘चीनसँग कुराकानी गरिरहँदा ओली चीनतिरै ढल्किन लागे कि भनी भारतलाई शङ्का नपरोस् भनी उक्त कुरा भनेको पनि हुनुपर्छ ।’ तर पनि कूटनीतिक वृत्तमा उनको यो भनाइ नकारात्मक रुपमा निकै चर्चामा आयो ।

कुरा जे भए पनि ‘प्रम ओली अहिलेको चीन भ्रमणमा निमित्त पात्र मात्र हुन्’ भन्दै गजुरेलले थपे– ‘नेपालमा रेल ल्याउने कुरा ओलीको एजेण्डा होइन, त्यो चीनको ‘एक बेल्ट एक बाटो’ बनाउने नीति तथा कार्यक्रम अन्तर्गत नै हो । भारतबाट काठमाडौंसम्म रेल ल्याउने कुरा भारतको आफ्नै योजना हो । यी ओली सरकारका नीति तथा योजना अन्तर्गतका कुराहरु होइनन् ।

प्रोटोकलमा हस्ताक्षर विना नै जे जति सम्झौताहरु गरिएको भनियो, रेल, व्यापार, नाका खोल्ने तथा पारबाहन जस्ता महत्वका कुराहरु भए पनि नेपालका तर्फबाट ती फितला हुनसक्ने आधारहरु देखिन पुग्यो ।