उपत्यकाको खानेपानीमा भेटियो ७१ प्रतिशत दिसाजन्य (कोलिफर्म)

ललितपुर, असार १५ । ललितपुरको ७१ प्रतिशत खानेपानी स्रोतमा दिसाजन्य पदार्थ कोलिफर्म भेटिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरे ३ महिनायता गरेको खानेपानी गुणस्तर निगरानीमा यस्तो भेटिएको हो ।

कोलिफर्मका साथै खानेपानीमा आर्सेनिक, आईरन र एमोनियाजस्ता कडा धातुको मात्रा पनि अत्याधिक पाईएको छ ।
कार्यालयले लुभु, भैँसेपाटी, पाटन, चापागाउँका सार्वजनिक धारा, इनारा, पोखरी, ट्यांकीलगायत १० खानेपानी आयोजनाअन्र्तगतका विभिन्न ठाउँमा गरेको खानेपानी गुणस्तर पानी नमुना परक्षणबाट यस्तो पत्ता लागेको हो ।

कार्यालयले पानीका ८४ स्रोतमा गरेको नमुना परीक्षणमध्ये ६० मा कोलिफर्म भेटिएको हो । यसअघि गरिएको परीक्षणमा ८४ प्रतिशत कोलिफर्म भेटिएको थियो । आजको कान्तिपुरमा यो खबर छ ।