अन्याय अत्याचार,शोषण दमन,विकृति र विसंगति विरूद्ध लड्न राजनीतिमा लाग्ने प्रेरणा मिल्यो

हरिकृष्ण गजुरेल

केन्द्रिय सदस्य – नेकपा क्रान्तिकारी माओवादी

 नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालका केन्द्रीय सचिवालय सदस्य र कार्यलय सचिव, हरिकृष्ण गजुरेल सँग हामीले समग्र पार्टीको गतिविधिमा केन्द्रित भएर गरेको संक्षिप्त कुराकानी यस्तो छ ?

स्कुलमा फस्ट हुँदा पिटाइ खान्थे :गजुरेल 

तपाईं कसरी राजनीतिमा आउनुभयो,राजनीतिमा लाग्ने प्रेरणा कहाँबाट मिल्यो ?

जब म जुन समाजमा जन्मिए हुर्किए र त्यहाँ अन्याय अत्याचार र शोषण दमन र विभिन्न प्रकारका विकृति विसंगति देखे अनि त्यसपछि मलाई राजनितिमा लाग्ने प्रेरणा मिल्दै गयाे। अब यो समाजलाई कसरी अगाडि बढाएर  समाधान गर्न सकिन्छ र यसको माध्यम के हुनसक्छ भन्ने कुरा गम्भीरताका साथ त्यसलाई बोध गरेर गम्भीरताका साथ  लिएर यसको माध्यम के हुनसक्छ भन्दा अनन्त राजनीति नै मुख्य आधार हुन्छ।

 

भनेर राजनीतिकै माध्यमबाट समाज परिवर्तन गर्न सकिन्छ र समाजमा भएका उत्पीडन दमन शोषण अन्याय अत्याचार को अन्त्य गर्न सकिन्छ र राजनीति बाहेक अरु माध्यमबाट समाजको रुपान्तरण गर्न असम्भव छ। 

 

समाजको रुपान्तरण भनेको त्यो राजनीतिबाट मात्र सम्भव छ। भनी बुझिसके पछाडि म राजनीतिमा सामेल भए र निरन्तर आफ्नो जिम्मेवारी पूरा गर्दै अगाडि बढे र एउटा कम्युनिस्ट आन्दोलनमा सामेल भए तर कुनै दर्शन कुनै किताब पढेर म राजनीतिमा अाको होइन र नितान्त समाज कसरी परिवर्तन गर्न सकिन्छ भनेर समाजको बारेमा साच्चिकै रुपान्तरण कसरी सम्भव छ।

 

समाज परिवर्तन गर्ने उचित विचार के हुन सक्छ भनेर मलाई चासो बढर आयो र त्यसपछि मैले अध्ययन गर्न थाले र त्यति बेला स्कुलमा अध्ययन पनि सकेको थिए त्यसपछि मैले अध्ययन लाई बढी भन्दा बढी जोड दिन थाले र फेरि म गरिब  परिवारमा जन्मे हुर्के र बुवाले मजदुरी गरेर भारी बोकेर विभिन्न किसिमका किताब ल्याइदिनुहुन्थ्यो अनि मैले जे किताब ल्याइदिनु भयो।

 

त्यसैलाई मात्र पढ्ने अवसर पाएँ र एसएलसी पछि मात्र मैले आफूले चाहेको किताब पढ्ने मौका पाए अनि मैले मार्क्स, एंगेल्स र माओका किताबसँगै विभिन्न किसिमका किताब अध्ययन गर्ने क्रममा सबैभन्दा उत्तम मार्क्सवाद नै रहेछ भन्ने मलाई लागेर आयो र समाज परिवर्तन गर्नलाई मार्क्सवादको माध्यमबाट मात्र समाज परिवर्तन गर्न सम्भव छ भन्ने बुझेर म राजनीतिमा सामेल भई अगाडि बढ्ने साहस गरे।

तपाईंले अहिलेको वर्तमान राजनीतिलाई कसरी बुझ्नुभएको छ?

नेपालको राजनीति असाध्यै चक्रब्युको स्थितिबाट गुज्रिरहेको छ। जनताहरूको समस्या झन् दिन प्रतिदिन समाधान हुन त परै जाओस् दिनप्रतिदिन जटिल बन्दै गइराखेको छ। जो अहिलेको राष्ट्रियताको सवाल छ ।दिनप्रतिदिन झैन गम्भीर बन्दै गइराखेको अवस्था छ त्यसो हुँदा खेरी अहिलेको राष्ट्रिय राजनीति र नेपालको स्थिति हेर्दा यो धेरै गम्भीर मोडमा पुगेको महसुस हामीलाई भएको छ। 

 

मैले पनि त्यो अनुभूति गरेको छु र त्यसो हुँदा खेरी यो समग्रमा समस्याको समाधान कसरी सम्भावना छ। त भन्दा जनताको हकअधिकार कसरी स्थापित गर्ने  राष्ट्रियता जनतन्त्र र जनजिविकाका कुरा कसरी सुनिश्चित गर्ने । भने यो प्रश्न एकदम तट्गारो बनेर आइराखेको अवस्था छ। त्यसो हुँदा अहिलेको राजनीति भनेको एउटा जनजिरै’ जन्जिरमा जेलीएको को स्थिति छ। र देशको चारैतिर हेर्दा कहालीलाग्दो लाग्दो अवस्था जुन छ।

 

यसले देशलाई निकास दिने अवस्था भन्दानि  समस्यालाई झन् विकराल बनाउने अवस्था सिर्जना भएको अनुभूति गरेको छु। र मुलुकलाई निकाश दिनको निम्ति र जनताका हक अधिकार स्थापित गर्नका निम्ति हामी त्यसमा गम्भीर बन्नुपर्ने देखिन्छ।

 

किनभने नेपालमा धेरै आन्दोलन भए संघर्ष भए युद्धहरू भए र अनन्त  २०५२ साल फागुन १ गते महान जन युद्ध को शुरूवात भएर दश वर्षसम्म जनयुद्ध चल्यो र त्यो महान जनयुद्ध थियो ।

 

त्यो महान् जनयुद्धमा हजारौं हजारले रगत बगाए र हजारौंहजार बेपत्ता भए घाइते भए अपाङ्ग भए अङ्गभङ्ग भए  र त्यो केको निमति  थियो भन्दा आमूल परिवर्तनका निमित्त थियो  समग्र देशको निमित्त थियो जनताको निमित्त थियो र उत्पीडित जाति लिंग क्षेत्र र समुदाय र सबै प्रकारले शोषण दमन अन्याय अत्याचार र विभेदमा रहेकाहरूको अधिकारका निम्ति थियो। तर विडम्बना त्यो हुन सकेन र त्यो के भइदियो त भन्दा महान जनयुद्धमाथि ठुलो षड्यन्त्र भयो। 

 

नेतृत्व गर्ने नेता मुख्यतः प्रचण्ड-बाबुरामहरु नै अनन्त प्रति क्रान्तिका नेतामा रुपान्तरित हुन पुगेर जसले गर्दा यतिसम्म कि जो प्रचण्ड अहिले पार्टी लगेर एमालेमा बुझाई दिएर र यसले त झन् जटिल अवस्था बनाएको छ। यसले उत्पीडित जाति क्षेत्र लिङ्ग समुदाय र मजदुर किसान दलित आदि सबैको स्थिति झन् नाजुक बन्दै छ।  गरिखाने वर्गको भविष्य झन विकराल बन्दै गएको छ ।

 

अब हामीले हिजो गरेका प्रतिबद्धता र जनयुद्धका जुन सपना थिए त्यो पुरा गर्न हामी पहलकदमी लिन्छौ । अब नयाँ जनवादी क्रान्ति को बाँकी कार्यभार पूरा गरी छाड्छौं र यो हाम्रो देशलाई स्वाधीन समुन्नत सार्वभौम राष्ट्र बनाउने र विदेशिएका नौजवानहरुलाई स्वदेशमा रोजगारीको व्यवस्था गर्छौ र सबै नेपाली जनता लाई अधिकार  सम्पन्न बनाउने हाम्रो प्रतिबद्धता हो।

 

तपाईंको पार्टीको केन्द्रीय समितिको बैठक सकियो केके निर्णय पारित गर्नु भयो त?

हो बैठक सकियो हामीले के भनेका छौं भने गरिब असाय उत्पीडनमा परेका जाति क्षेत्र लिंग समुदाय आदिको अधिकार स्थापित गर्नको निमित्त हाम्रो पार्टीले निरन्तर संघर्षका कार्यक्रमलाई अगाडि बढाउँछौं र हाम्रो पार्टीको उद्देश्य पनि श्रमजीवी सर्वहारावर्गको मुक्ति गर्ने् हो र सबै प्रकारका शोषण दमन अन्याय अत्याचार विभेदको र विसंगतिको अन्त्य गर्ने नै हो ।

 

अबका दिनमा पार्टीले बढी ध्यान संगठन निर्माण गर्दै संघर्ष गर्नुपछ  जनतालाई पनि संघर्षमा ल्याउनुपर्छ र जनतालाई अधिकारको निम्ति अगाडि बढाउनुपर्छ र त्यसको नेतृत्व क्रान्तिकारी माओवादीले गर्छ पार्टीको मोर्चा (देजमो)पनि सँगै संघर्षमा अगाडि बढ्छ ।शसस्त्र जनविद्रोह मार्फत नेपालमा नयाँ जनवादी क्रान्ति पुरा गर्छौं । क्रान्तिको लागि आधार तयार पार्दै साम्यवाद हुँदै वैज्ञानिक समाजवाद सम्म पुग्छौं।

 

अन्ततः जो समाजवाद सम्म पुग्ने लक्ष्य हो त्यसको निम्ति वारेन्टेट हुँदै जनतालाई संगठित गर्दै संघर्षमा उतार्दै जनताको समस्या पार्टीले ग्रहण गर्दै अगाडि बढ्ने र देशमा नयाँ गति दिनु पर्छ र क्रान्तिकारी माओवादीलाई एउटा वैकल्पिक शक्तिका रूपमा अगाडि बढाउनु पर्छ भनी यस्तै निर्णयहरु गरेका छौं।

तपाईंको पार्टीको सक्रियता त खासै देखिँदैन तर तपाईंहरू जस्तै युवाहरु के गर्दै हुनुहुन्छ?

तपाईंको प्रश्न गलत हो हामी सक्रिय छौं पार्टी सक्रिय छ तर हामीले जति गर्नुपर्ने हो त्यति पार्टीको काम गर्न सकेका छैनौं। तर हामीले हाम्रो आन्तरिक कुरामा चाहिँ हामी अहिले निकै अगाडि बढिसकेका छौं।

 

केही अवसरवादीहरुले पार्टी छोडेपछि पार्टीभित्र उथलपुथल भएको हो तर अहिले त्यसलाई हामीले सेटमा ल्याउन केही समय लागेको हो तर अहिले पार्टी हामीले सेटमा ल्याइसकेका छौ। र जति जनतामाझ जानु पर्ने हो त्यति पुग्न सकेका छैनौं तर सक्रिय नभएको भन्ने चाहिँ होइन।

 

तर जनतामाथि भ्रम पर्यो किन भने नवगठित (नेकपा )वामपन्थीहरुले गर्दा हामीलाई अलि ओझेलमा पारेका हुँन।र कम्यूनिष्ट खोल ओडेकाले जनतामा भ्रम सिर्जना गराए र कम्यूनिष्ट भनेका यिनीहरुलाई मात्र हुन् भनेर जनता झुक्किए र भ्रममा परे र कथित ठूला भन्ने मिडियाहरुले पनि कम्युनिस्ट भनी प्रचार गरि दिएपछि जनताले सही मानेर कम्युनिष्टका कलंक अरुलाई भोट दिएका हुन् अब जनताले बुझी सकेका छन्।

 

अबका दिनहरूमा युवाहरुले सच्चा क्रान्तिकारी भनेको एक मात्र पार्टी हो नेपाल कम्यूनिष्ट पार्टी क्रान्तिकारी माओवादी भन्ने कुरा बुझिसकेका छन् ।  क्रान्ति गर्न पनि तयार छन्।

तत्काल क्रान्तिकारी माओवादीको योजना के छ ?

अहिले हाम्रो योजना भनेको राष्ट्रियता जनतन्त्र र जनजीवीका सँगै आधारित भएर संघर्षका कार्यक्रमहरुलाई अगाडी बढाउछौ र राष्ट्रियताको सम्बन्धमा जुन सीमाहरू मिचिएकाछन् ।

 

त्यो विषयमा खबरदारी गर्छौ र संघर्षका कार्यक्रम सञ्चालन गर्छौं र विभिन्न किसिमका कार्यक्रम तय गरेर अगाडि बढ्छौं यसैगरी जो जनतन्त्र र जनजीविकाको कुरा छ त्यसलाई हामी इस्सु बनाएर संघर्ष गर्छौं।

 

किनभने जनताले अधिकार तेत्तिकै पाउँदैनन् त्यसैले संघर्ष गर्छौं त्यसको अगुवाई नेकपा क्रान्तिकारी माओवादी ले गर्छ र जनताका जुन सामान्य आवश्यकता छन् शिक्षा ,स्वास्थ्य ,रोजगार र गाँस, बास, कपासको ग्यारेन्टी गर्न सरकार जिम्मेवार हुनुपर्छ र सरकार जिम्मेवार भएन भने जनताका आवाज बोल्न हामी संघर्षमा जान बाध्य हुनेछौं र संघर्षमा जान्छौं।

 तपाईंले किन र कहिलेबाट राजनीतिक जीवनलाई सक्रिय बनाउनु भयो?

म स्कुल पढ्दादेखि नै विद्रोही स्वभावको थिएँ र अलि बढी टाठो पनि थिए। म सबै किसिमले दुःखभोगेको गरिब परिवारको मान्छे हुँ।  तर पढ्ने बेलामा म पहिलो नै हुन्थे तर पहिलो भएकोमा बाटोमा पिटाइ खानुपर्थ्यो किनभने म सबैभन्दा सानो अनि पढ्नमा सबैभन्दा पहिलो  हुने।

 

अनि गरिब परिवारको भएर होला मलाई अन्याय ,अत्यचार र दमन गरेको त्यो कुराले मलाई  सारै पिरोल्थ्यो र अनि मलाई बिस्तारै केही कुराहरु जाग्न थाले यो समाजलाई कसरी परिवर्तन गर्न सकिन्छ भनेर धेरै कुराहरु बुझे अनि समाज परिवर्तन गर्न राजनीतिले मात्र सम्भव छ भनी सोचेर म राजनीति तिर लागे ।

सोच्दा-सोच्दै स्कुले जीवन पनि सकियो र म राजधानी छिरे अनि समाजको त्यो व्यवहार सम्झदै मैले अब त केही गर्नुपर्छ भन्ने कुराले डेरा जमाउन थाल्यो र अनि मैले समाजलाई परिवर्तन गर्न अब मैले केहि गर्नुपर्छ भनेर किताबहरु अध्ययन गर्ने सोच बनाए र अध्ययन गर्न थाले अनि समाज कसरी परिवर्तन गर्न सकिन्छ भनि अझ बढी अध्ययन गर्न थाले ।

 

त्यस पछि  म समाजको बारेमा पनि अध्ययन गर्दैै अाफ्नो पनि  पढाइ  अगाडि बढाउदै  म महेन्द्ररत्न क्याम्पसबाट विद्यार्थी संगठनमा सामेल हुँदै अनि औपचारिकरुपमा राजनीति सुरु गरेको हुँ।

 

त्यसपछि पार्टीले दिएको जिम्मेवारी पूरा गर्दै समाज रुपान्तरण गर्ने सोचका साथ अगाडि बढे र औपचारिक रूपमा राजनीतिमा आइसकेपछि पार्टीको जिम्मेवारी अनुसार मैले बढीभन्दा बढी सम्पर्क मा काम गर्ने मौका पाए र पार्टीको नीतिअनुसार जता पठाइए पनि गएर दृढताकासाथ काम गरेर अहिले यहाँसम्म आइपुगेको छु ।

 

अझै पनि पार्टीले दिएको जिम्मेवारीअनुसार काम गरि राखेको छु अहिले नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको  केन्द्रीय सचिवालय सदस्य, र (देजमो) नेपालको कार्यालय सचिवको जिम्मेवारी बहन गरी राखेको छु। र समाजको आमूल परिवर्तन गर्ने बाचा सहित राजनीति जीवन सक्रिय बनाएको छु ।

प्रतिकृया दिनुहाेेेला