बलात्कार आरोपमा दुई प्रहरी पक्राउ

काठमाडौं साउन१३। बलात्कार आरोपमा सशस्त्र प्रहरी बल उपत्यका सुरक्षा कार्यालयका दुई प्रहरी पक्राउ परेका छन् । कलंकीको आशीर्वाद गेस्ट हाउसमा एक युवतीलाई बलात्कार गरेको अभियोगमा उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उपत्यका सुरक्षा कार्यालय सतंगलमा कार्यरत सशस्त्र प्रहरी जवानद्धय रामसरण पोखरेल र चन्द्रबहादुर पछाई रहेका छन् ।, यो खबर आजको नागरिक दैनिकमा  छ ।