सशस्त्र प्रहरीको यस्तो छ नयाँ संरचना, बाहिनी ८ पुगे

 

काठमाडौं साउन१६। मुलुकमा संघीयता लागू भएसँगै सशस्त्र प्रहरी बलले पनि नयाँ संरचना लागू गरेको छ।

 आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक बावुराम पाण्डेले सो जानकारी दिए।

सशस्त्र प्रहरीले सीमा सुरक्षा तथा सीमा व्यवस्थापन¸ विपद् व्यवस्थापन तथा सेवा¸ सुरक्षा¸ सहयोग र उद्दार¸ औद्योगिक सुरक्षा¸ राजस्व तथा भन्सार सुरक्षा एवं राजस्व संकलन अभिवृद्धि गराउनमा सहयोग¸ सशस्त्र संघर्ष नियन्त्रण, पृथकतावादी गतिविधि नियन्त्रण, दंगा नियन्त्रण, अपहरित व्यक्तिको उद्दार, भि।भि।आई।पि। एवं भि।आई।पि। सुरक्षा के काम गर्दै अाएकाे छ।

नयाँ संरचना

 हाल विद्यमान ५ वटा बाहिनीहरुको संख्यामा वृद्धि गरी ७ प्रदेश र उपत्यकामा १ गरी जम्मा ८ वटा बाहिनी रहने ।

 विद्यमान तालिम केन्द्रहरु यथावत राखी सबै प्रदेशमा तालिम केन्द्र रहने गरी थप नयाँ ५ तालिम केन्द्र स्थापना गरिने ।

 २३७ नफ्रीका सीमा सुरक्षा कार्यालयलाई नाम परिवर्तन गरी ६२१ नफ्रीको गणमा स्तर वृद्धि गरिएको ।

 हाल रहेका ३८ अनाश्रित गुल्महरुको संख्यामा वृद्धि भई ५६ भएको। १७ स्थानमा आश्रित गुल्महरु स्थापना भई सबै जिल्लाहरुमा सशस्त्र प्रहरी बल, नेपाल परिचालन हुने अवसर श्रृजना भएको।

 हाल रहेका ८७ बिओपिहरुलाई अन्तर्राष्ट्रिय मान्यता अनुसार गणबाट परिचालित हुने गरी बिओपिहरुको संख्यालाई कायम राखी अरु थप बिओपिहरु स्थापना गरी सीमावर्ती इलाकामा परिचालन हुने हुँदा बिओपिको संख्यामा उल्लेख्य वृद्धि हुने।

 सम्पूर्ण सशस्त्र प्रहरी बल, नेपालका इकाईहरु (तालिम शिक्षालय बाहेक) ८ स्थानमा रहेका बाहिनीको कमाण्डमा परिचालन हुने।

 जिल्लामा रहेका सबै किसिमको गुल्म तथा पोष्टहरुको कमाण्ड उक्त जिल्लामा रहेको सशस्त्र प्रहरी गणको रहने।

 केन्द्रमा सशस्त्र प्रहरी बल महिला गुल्मको स्थापना गरिने साथै प्रत्येक बाहिनीमा १र१ से।मु। नफ्रीमा महिला सशस्त्र प्रहरी कर्मचारीलाई खटाइने।

 हाल प्रदेश नम्बर १ र प्रदेश नम्बर ६ मा क्षेत्रीय अस्पताल रहेकोमा भविष्यमा सबै प्रदेशमा रहने गरी स्थापना गर्दै लगिने।

 सशस्त्र प्रहरी अधिकृतहरुको सरुवा गर्दा जिम्मेवारी सहित सरुवा प्रणालीको नीति बनाई सरुवा गर्न लागिएको ।

सशस्त्र प्रहरी बल¸ नेपालको नयाँ सांगठनिक पुनर्संरचना गर्दा हुने फाईदाहरु।

 एकै तहका युनिटहरुको नफ्रीमा समान हुने।

 युनिट सरुवा प्रणाली लागू गर्न सकिने ।

 सांगठनिक संरचना तथा चेन अफ कमाण्ड मजबुत हुने ।

 सबै जिल्लाहरुमा सशस्त्र प्रहरी बल, नेपालको उपस्थिति रहने ।

 संगठनमा हाल रहेको जनशक्तिबाट नै नयाँ संरचनामा जान सकिने ।

 सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुको वृत्ति विकासमा सहयोग पुग्ने ।

 अवसरको समान तथा न्यायोचित वितरण हुने ।

 कमाण्डमा रहेका सशस्त्र प्रहरी अधिकृतहरुलाई थप जिम्मेवार बनाउन सकिने ।

 प्राविधिक समूहमा रहेका सशस्त्र प्रहरी कर्मचारीहरुको वृत्ति विकासमा थप टेवा पुग्ने ।

दैनिक कार्य सम्पादनमा लेस पेपर अवधारणा लागू।

 प्रविधिको प्रयोगमा जोड ।

 इन्ट्रानेटको संजालमा ल्याई दैनिक कार्यलाई सहज, सरल र प्रभावकारी ।

 कम भन्दा कम पेपरको प्रयोग ।