२०७५ सालकाेआदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार चार जनालाई

 

काठमाडौं  साउन २७। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको १९ औं स्थापना दिवस आइतबार मनाइएको छ । समावेशी लोकतन्त्रको आधार, पूर्ण समावेशी सञ्चार भन्ने नारा सहित दिवसमा सूचना, तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले मौलिक बाजा बजाएर उद्घाटन गरेका थिए ।

 

 

दिवसका अवसरमा पत्रकारहरु उजिर मगर, भैरब आङला, छेटु शेर्पा र विमला चौधरीलाई राष्ट्रिय पत्रकारीता पुरस्कारबाट सम्मानित गरीएको छ । नगत ४० हजार पुरस्कार राशी सहित ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७५ ’ प्रदान गरीएको हो ।

 

कार्यक्रममा मन्त्री बास्कोटाले आदिवासी जनजाति समुदायको मुद्धा उठानमा खेलेको भुमिकाको प्रशंसा गरे ।१९ वर्ष पुरा गरेको फोनिजलाई बधाई ज्ञापन गर्दै आगामि दिनमा अझै शसक्त रुपमा संस्थाको उपस्थिति देखाउन आग्रह गरे ।