सरकारले लोकसेवा आयोगको भर्ना १ बर्ष रोक्ने गृहकार्य , ८ लाख युवा बेरोजगार हुदै

 

काठमाडौ साउन ३१। सरकारले लोकसेवा आयोगको भर्ना एक वर्ष रोक्ने गृहकार्य थालेको छ । आयोगले लिने सबै तहका आन्तरिक र खुला परीक्षा हुने छैनन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सबै तहका परीक्षा १ वर्ष रोक्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारीमा जुटेको छ । परीक्षा रोकिए आन्तरिक तथा खुलातर्फ खरिदारदेखि सहसचिव तयारीमा रहेका ८ लाख आकांक्षी प्रभावित हुनेछन् ।

 

आयोगका अनुसार आर्थिक वर्ष ०७३/७४ मा निजामती सेवाका विभिन्न पदमा ८ लाखले परीक्षाका लागि आवेदन दिएका थिए । भर्ना रोकिए तयारी गरिरहेका लाखौं आकांक्षीमा निराशा उत्पन्न हुने तथा प्रतिभा पलायन ९व्रेन ड्रेन०को खतरा हुने लोकसेवाको ठम्याइ छ । सरकारले भने यसबारे आयोगसँग कुनै छलफल गरेको छैन ।

 

सरकारले हाल संघमा ४५ हजार ८ सय ५८ , प्रदेशमा २१ हजार ३ सय ९९ तथा स्थानीय तहमा ५७ हजार कर्मचारी रहने नयाँ दरबन्दी सिर्जना गरिसकेको छ । हाल केन्द्रअन्तर्गत ८६ हजार कर्मचारी छन् । तिनलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्दा अभाव हुन सक्ने भएकाले भर्ना रोक्न नहुने माग कर्मचारीको छ ।

 

मन्त्रालयका अधिकारीले भने अब भर्ना हुने कर्मचारी प्रदेश र स्थानीय तहमा पठाउन कठिन हुने भएकाले भर्ना रोक्नुपर्ने तर्क गरेका छन् ।