अब रक्सी खानुअघि २ पुस्ते विवरण भर्नुपर्ने ?

 

काठमाडौँ, भदौ १३ । रक्सी पिउन चाहनेले अब दुर्इ पुस्ते विवरण अर्थात बुबाको नाम र आफ्नो नाममा किन्नु अगावै विवरणमा उल्लेख गर्नुपर्ने भएको छ । यसले गर्दा परिवरालार्इ जानकारी नदिइ रक्सी पिउनेहरू मर्कामा पर्ने भएका छन । कर्णाली प्रदेशमा अब रक्सी पिउन चाहने मानिसले दुई पुस्ते विवरण उल्लेख गर्नुपर्ने व्यवस्था गर्न लागेको हो ।

 

कार्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार रक्सी विक्री गर्ने पसलहरूले रक्सी सेवनका लागि आउने मानिसको बुवाको नाम, पिउनेको नाम र उमेर टिपेर मात्र दिनुपर्ने व्यवस्था अनिवार्य गर्न लागेको हो ।

 

घरेलु हिंसा, बलात्कारलगायतका घटना अधिकांश रक्सी पिउनेहरूबाट हुने भएकाले रक्सी नियन्त्रणको प्रयासस्वरूप यस्तो व्यवस्था गर्न लागिएको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बताका छन । नेपाल समाचारपत्रमा छ ।