मोदीसँग भेट्न राजपाका नेताहरुको लबिङ

काठमाडौं, भदौ १४ । बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्न राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका नेताहरुले लबिङ गरेका छन्।

 

मोदीसँग भेट्न पाए राजनीतिक छलफलबाट नयाँ राजनीतिक एजेण्डा बनाउन पार्टीलाई सहज हुने पार्टीका नेताहकरुको बुझाइ छ । समाचार अनुसार, पार्टीका नेताहरुलाई बुधबार र बिहीबार हुने रिसेप्सन पार्टीमा निम्तो गरिएको छ ।

 

मोदीसहितको रिसेप्सन पार्टीमा मोदीसँग विशेष कुराकानी गर्ने योजना अध्यक्ष मण्डलका नेताहरुले बनाएको पार्टीका एक नेताले बताए । मोदीसँग अध्यक्ष मण्डलका शीर्ष नेताहरुको सामूहिक भेट हुने वा केही अध्यक्ष विशेषसँग भेट हुने यसबारे निर्णय भइनसकेको स्रोतले जनाएको छ । आजको कारोबारबाट ।